- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरउवासंघ र बारका पदाधिकारीबीच परिचयात्मक

उवासंघ र बारका पदाधिकारीबीच परिचयात्मक

- Advertisement -spot_img

घोराही, १० माघ । दाङ जिल्ला उद्योग वाणिज्य संघले जिल्ला बार इकाईका नवनिर्वाचित पदाधिकारीहरूसँग परिचयात्मक कार्यक्रम गरेको छ ।
संघले एक कार्यक्रमको आयोजना गरी नव निर्वाचित पदाधिकारीहरूसँग परिचयात्मक तथा निर्वाचित भएकोमा बधाई तथा शुभकामना दिएको हो । कार्यक्रममा बोल्दै जिल्ला बारका अध्यक्ष शिवप्रसाद घिमिरेले जिल्ला बार व्यवसायीहरू त्था उद्योगीहरूसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।
‘हाम्री व्यवसायी तथा उद्योगीहरूसँग सहकार्य गरेर अगाडि बढ्ने छौं’ अध्यक्ष घिमिरेले भने । सामाजिक संघसंस्थाहरू सहकार्य गरेर अगाडि बढ्नु पर्ने उनको भनाइ छ । बारका उपाध्यक्ष मणिराज आचार्य (मौसम)ले मानवअधिकारको संरक्षण गर्ने सामाजिक संघसंस्था सहकार्य गरेर अगाडि बढ्नु पर्ने बताए ।
आफूहरू उद्योगी तथा व्यवसायीहरूलाई आइपर्ने समस्या समाधान गर्ने तयार रहेको समेत बताए । कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रामदयाल गुप्तालगायतले भनाइ राखेका थिए ।
कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको थियो । संघका उद्योग उपाध्यक्ष बसन्त जोसीको स्वागत मन्तव्यवाट सुरू भएको कार्यक्रमको सहजीकरण महासचिव नरेश कार्कीले गरेका थिए ।
यसैबीच दाङमा हुन थालेको करसम्बन्धी तालिममा सहभागी हुन दाङ जिल्ला उद्योग वाणिज्य संघले व्यवसायी तथा उद्यमीहरूलाई आग्रह गरेको छ ।
संघका अध्यक्ष नारायणप्रसाद भुसालले दाङमा हुन थालेको राष्ट्रियस्तरीय तालिमको सदुपयोग गर्ने आग्रह गरे । साना तथा मझौला व्यवसायी करदाताहरूलाई तालिमको माध्यमबाट करसम्बन्धी शिक्षा प्रदान गर्ने थालिएको हो ।
तालिममा कानुनले निर्दिष्ट गरेको व्यवस्थाहरू, पालना गनुपर्ने, कर फारामहरू भर्दा हुने त्रुटि कम गर्न तालिमको आयोजना गरिएको बताइएको छ ।
तालिम आन्तरिक राजस्व विभाग काठमाडौँ, तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको सहआयोजनामा तालिम सञ्चालन हुन थालेको हो । तालिम माघ १० र ११ गते घोराहीमा हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here