- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरस्वागत सम्मान कार्यक्रम

स्वागत सम्मान कार्यक्रम

- Advertisement -spot_img

घोराही, १० माघ । दाङ जिल्लालाई आध्यात्मिक शैक्षिक र पर्यटकीय गन्तव्य बनाउने ब्रह्माकुमारीज संस्थाको अभियानमा सबैको सहभागिता हुनुपर्ने बताएका छन् ।
आधुनिकतासँगै भित्रिएको विकृति र विसंगतिका विरूद्ध विद्यालयस्तरबाटै नैतिक शिक्षाको आवश्यकतामाथि जोड दिएका थिए । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपाल, दाङको आयोजनामा भएको छलफलमा सहभागीहरूले यस्तो बताएका थिए ।
ब्रह्माकुमारीज राप्ती क्षेत्रकी प्रमुख सञ्चालिका राजयोगिनी गीता दिदीको अध्यक्षता एवं सडक डिभिजन कार्यालय, दाङका सिनियर डिभिजन ईन्जिनियर निरज शाक्यको प्रमुख आतिथ्यतामा सरकारी कार्यालयका प्रमुख विभिन्न संस्थाका निर्वाचित पदाधिकारीहरू तथा समाजसेवीहरूका लागि घोराहीमा परिचय एवं स्वागत सम्मान कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा सिनियर डिभिजन ईन्जिनियर निरज शाक्य र उनकी धर्मपत्नी, नापी अधिकृत केशवराज लेखक, नेपाल टेलिकम घोराहीका प्रमुख अमरनाथ योगी, पद्मोदय पव्लिक नमूना माविका पूर्व प्राचार्य एवं समाजसेवी गोविन्द न्यौपाने, नेपाल वार एसोसियएन दाङ इकाईका नवनिर्वाचित सदस्यहरू निर्मला सुवेदी र निर्मलेश्वरी दाहाल,
घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष देवीबहादुर डिसी, अनेरास्ववियु दाङका संयोजक जंग रोका लगायतलाई घोराही सेवा केन्द्र प्रमुख ब्रह्माकुमारी उर्मिलाले स्वागत सम्मान गरेकी थिईन् । कार्यक्रमको सहजीकरण ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्रका प्रवक्ता राजयोग प्रशिक्षक ब्रह्माकुमार माधव तिमिल्सेनाले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here