- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरसमानान्तर स्वरहरूको बहस

समानान्तर स्वरहरूको बहस

- Advertisement -spot_img

घोराही, १० माघ । उदाहरण समूहको आयोजनामा रूपान्तरणका लागि निरन्तर समानान्तर स्वरहरूको बहस गरिएको छ । महिला आन्दोलन, समावेशी, लेखनमा महिला सहभागिता,
महिला उद्यमशीलता र सशक्तिकरण, जागरण र आर्थिक न्याय, पितृसत्ता, महिलाअधिकार लैंगीक समानता, महिला हिंसा, समाज रूपान्तरणमा महिलाको भूमिका, महिलाको जिम्मेवारीको विविध आयामका बारेमा बहस गरिएको छ ।
बहसमा सहभागी वक्ताहरूले राज्यको संरचना र स्वरूपमा आमूल परिवर्तन भएपनि सोच र नियतमा व्यवहारिक रूपमै परिवर्तन हुन नसकेको बताएका छन् ।
वक्ताहरूले महिला र पुरूषको समान सहभागिता सहअस्तित्व र समविकासबाट मात्रै समाज रूपान्तरण हुने बताएका छन् । महिला र पुरूषले एकअर्कालाई प्रतिस्पर्धीको रूपमा नहेरी समावेशी र सहअस्तित्वसहितको सहयात्रीको रूपमा लिनुपर्र्ने बताए ।
कार्यक्रममा महिला सशक्तिकरणका लागि सामाजिक तथा आर्थिक जागरणमा लामो समयदेखि काम गर्दै आएका नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङका संस्थापक अध्यक्ष विमला योगी, महिला मानवअधिकार रक्षक सञ्जालका केन्द्रीय सचिव महिला अधिकारकर्मी लक्ष्मी आचार्य, हिंसा पीडितको क्षेत्रमा काम गर्दैै आएको सक्षम महिला समूहकी अध्यक्ष रचना सुवेदीले बहस गरेका हुन् ।
कार्यक्रममा साहित्यकारहरू शारदा शर्मा, सन्ध्या रेग्मी, आशा वली, संगीत मगरलगायतले कविता वाचन गरेका थिए । कार्यक्रमको सहजीकरण सुन्दर गौतम र नविन अभिलाषीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here