- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरउपभोक्ता सचेतना कार्यक्रम

उपभोक्ता सचेतना कार्यक्रम

- Advertisement -spot_img

घोराही, १० माघ । घोराही उपमहानगरपालिकाले उपभोक्ता सचेतना कार्यक्रम सुरू गरेको छ । उपमहानगरको उपभोक्ता हित संरक्षण शाखाले बिहीबारदेखि गुणस्तरीय वस्तु र सेवा उपभोक्ताको अधिकार सुनिश्चितताका लागि वडास्तरीय सचेतनामूलक कार्यक्रम सुरू गरेको हो ।
अभियानमार्फत उपभोक्ता–हरूलाई उपभोग्य सामानहरूको प्रयोगका बारेमा जानकारी दिने, खरिद बिक्रीका क्रममा हुनसक्ने क्रुटीका बारेमा सचेत गराउने उपभोक्ता हित संरक्षण शाखाका प्रमुख अम्मरराज शर्माले जानकारी दिए । उनले उपभोक्ता र व्यवसायीहरूलाई सचेत गराई सभ्य र स्वस्थ नागरिक निर्माणका लागि वडा नं. १, ९ र ७ बाट यो कार्यक्रम सुरू गरिएको उनले बताए ।
वडा नं. ७ का वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्ताको महत्व, उनीहरूको आवश्यकता, उपभोक्ता अधिकार, कानुनी व्यवस्था, उपभोग्य वस्तुको प्रयोगले स्वास्थ्य पार्ने सकारात्मक तथा नकारात्मक असरका बारेमा जानकारी गराइएको थियो । यस्तै उपभोक्ताले अपनाउनुपर्ने सावधानीका बारेमा समेत सचेत गराईएको थियो ।
वडा नं. ७ की वडा सदस्य सुशीला चौधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा स्थानीय उपभोक्ता, व्यवसायी, विद्यालय प्रतिनिधि, स्वास्थ्य संस्थाका प्रतिनिधि तथा कर्मचारी गरी ३० जना व्यक्तिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण शाखाका प्रमुख शर्मा, प्रविण खनाल, बासुदेव पोख्रलले, स्वास्थ्य शाखाका नारायण घर्तीलगायतले उपभोग्य वस्तुको प्रयोग, खरिद बिक्रीमा पु¥याउनुपर्ने सावधानीका विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रमको सहजीकरण सामाजिक परिचाललक बिमल योगीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here