- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरनवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान

नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान

- Advertisement -spot_img

घोराही, १० माघ । नेपाल मानवअधिकार संगठन दाङ शाखाले नेपाल बार एसोसिएसनका नवनिर्वाचत पदाधिकारीहरूलाई सम्मान गरेको छ । संगठनले बिहीबार घोराहीमा कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
संगठनले बारका नवनिर्वाचित अध्यक्ष शिवप्रसाद शर्मा, उपाध्यक्ष मणिराज आचार्य (मौसम), सचिव सञ्जयकुमार केसी, सदस्य निर्मला शर्मा लगायतलाई सम्मान गरिएको थियो । संगठनका अध्यक्ष ऋषिराम शर्माको अध्यक्ष्यता एवं संगठनका केन्द्रीय सदस्य जयानन्द शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा मानवअधिकारका घटनाहरूलाई न्यायलयमार्फत खबरदारी गर्न अनुरोध गरेका थिए । मानवअधिकारको सवालमा मानव अधिकार संगठन र बार समन्वय गरेर अगाडि बढ्नुपर्ने बताएका थिए । वार र मानवअधिकार संगठन मानव अधिकार उल्लंघनको विषयमा संगठित भएर लाग्नुपर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष शिप्रसाद घिमिरे, उपाध्यक्ष मणिराज आचार्य (मौसम), सचिव सञ्जयकुमार केसी, सदस्य निर्मला शर्मा, भरतपुर खानेपानीका उपाध्यक्ष जंगबहाुर घर्ती, नेपाली काँग्रेस वडा नं. १८ का ईकाई सभापति मधुसुदन अधिकारी लगायतले बोलेका थिए । उपाध्यक्ष विमला योगीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण कोषाध्यक्ष सुनिलकुमार देवकोटाले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here