- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरमाघी रौनक

माघी रौनक

- Advertisement -spot_img

दाङ, २९ पुस । थारू समुदायको मुख्य पर्वको रूपमा मनाईने माघी पर्वको रौनक देखिएको छ । थारू समुदायले माघी थारू समुदायहरूको कला, संस्कृति परम्परागत मौलिकतासँग जोडिएको पर्व हो ।
विशेषगरी थारू समुदायको नयाँ वर्षको रूपमा रहेको माघी पर्वले पुर्खौली संस्कृतिभित्र लुकेर रहेको स्वपहिचानलाई झल्काउने गरेको थारू संस्कृतीविद् अशोक थारूले बताए । उनका अनुसार यस पर्वको दिनदेखि थारू समुदायमा विगतका गतिविधिहरूको समीक्षा गर्दै आगामी वार्षिक कार्ययोजनाहरू तय गरिने भएकाले नयाँ वर्षको रूपमा पनि लिने गरिन्छ ।
विषेशगरी मट चुहाउने (रक्सी पार्ने) जलभवानी (जलमा गएर स्नान गरी ईश्वरीय शक्तिको सम्मान गर्र्ने), विच्छडी दान (मास, चामल र नुनको मिस्राउ बनाई ढकिया राखी चढाउने), ढुम्रु (समूहगत रूपमा उमेर अनुसार स्नान गर्न जाँदा गाउने÷नाच्ने)जस्ता विधिहरू विशेषरूपमा मनाउने गरिन्छ ।
‘थारू समुदाय आदिवासी भएकाले प्राकृतिक शक्तिलाई विशेषगरी ईश्वरीय स्वरूपमा सम्झने गर्दछौँ’ उनले भने– ‘यस पर्वले नयाँ पुस्ताले थाहा नपाएका सैद्धान्तिक कुराहरूलाई व्यवहारिक रूपमा बुझाउने महत्वपूर्ण दिन हो ।
यस पर्वमा विशेषगरी ढिक्री, अनदी चामलको रोटी र मिस्राउजस्ता खानेकुराहरूको महत्व हुने गरेको उनले जानकारी दिए ।
उनका अनुसार जंगल, सूर्य, चन्द्रमा, माटो, आगो, पानीलाई पूजा गर्ने र जंगली जनावरहरू हात्ती, घोडा आदिलाई पूजा गर्दै आएको हुनाले थारूहरूलाई प्रकृति पुजारी भनिएको हो ।
माघीको अघिल्लो दिन भल्मन्साको संयोजनमा विषेशगरी सुंगुरको मासु, माछा मार्ने, विभिन्न परिकार बनाउने गरिन्छ । रातभर सबैजना सँगै बसेर बनाईएको परिकारहरू खाँदै नाचगान गर्ने परम्परा समेत थारू समुदायमा रहेको छ ।
माघीको दिन मान्यजनहरूलाई सम्मान र सत्कार गर्दै अघिल्लो दिन बनाईएको खानेकुराहरू खाँदै विगतमा भएका नकारात्मक सम्वन्धलाई नवीकरण गरी सौहार्दपूर्ण वातावरणको निर्माण गरी माघीलाई मनाईने गरिन्छ ।
उनका अनुसार एक हप्तासम्म नाचगान गर्दै माघी पर्व मनाउने प्रचलन रहेको छ । पुसको अन्तिम दिनमा घर–घरमा माछा, मासु, ढिक्रीलगायतका परिकार खानपिन गरी रातभर नाचगान गरेर यो पर्व सुरू हुन्छ ।
माघीमा विशेष गीत गाउने र मघौटा नाच नाच्ने परम्परा रहेको छ । वर्तमान समयमा माघी पर्वलार्ई जाँड, रक्सी र ढिक्री खाने पर्वको रूपमा लिने गरेकाले यसको मौलिकपनमा ह्रास आउँदै गएको उनको भनाई छ ।
बुढा पुस्ताबाट नयाँ पुस्तामा ढुम्रु गायनको प्रयोग दुर्लभ हुँदै गएकाले यसको संरक्षण गर्नु आवश्यक रहेको उनी बताउँछन् ।
यसैगरी माघी पर्वको अवसरमा थारूबस्ती बस्तीमा माघीको तयारीस्वरूप जाँड, सुंगुर तथा बंगुरको मासु, ढिक्री, गंगटा, अनदी चामलको रोटी, लोकल कुखुराको मासुलगायत विभिन्न किसिमका परिकारहरू बनाएर खाने र आ–आफना चेलिबेटीलाई माइत बोलाउने परम्परा रहेको तुलसीपुरका स्थानीय नेत्र चौधरीले बताए ।
थारू समुदायको माघी पर्वको रूपमा मनाउने पर्वलाई अन्य जातिले मकर सक्रान्तिको रूपमा मनाउने गर्दछन् । सूर्य कर्कट राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरू हुने भएकाले यसलाई मकर सक्रान्तिको रूपमा लिने गरिन्छ ।
माघे सक्रान्तिको दिन विशेषगरी घ्यू, चाकु, तिलका परिकार, तरूल, खिचडी आदि खाने प्रचलन रहेको छ । तुलसीपुर, घोराही, लमही, नारायणपुर विजौरीलगायत विभिन्न स्थानका बजार तथा चोक–चोकमा गन्जी र तरूलले यस पर्वलाई अझ बढी आकर्षण बनाएको छ ।
आज नै दाङका प्रमुख धार्मिकस्थलका रूपमा रहेका बाह्रकुने दह, रिहार क्षेत्रलगायत विभिन्न स्थानहरूमा मेलासमेत लाग्ने गर्दछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here