- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरउद्योग ग्राम स्थापना हुने

उद्योग ग्राम स्थापना हुने

- Advertisement -spot_img

काठमाडौँ, २९ पुस । तुलसीपुर उपमहानगरपालिकामा उद्योग ग्राम स्थापना हुने भएको छ । मंगलबार काठमाडौँमा तुलसीपुर उपमहानगरपालिका र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका बीचमा उद्योगग्राम स्थापनाका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
समझदारी पत्रमा मन्त्रालयका तर्फबाट सहसचिव शोभाकान्त पौडेल र उपमहानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत आनन्द सारूले हस्ताक्षर गरेका छन् । कार्यक्रममा उपमहानगरपालिकालाई ग्राम स्थापनाका लागि ९२ लाखको चेकसमेत हस्तान्तरण गरिएको थियो । हस्ताक्षर पत्रमा स्थानीयतहकै लगानीमा तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन बनाएर काम अगाडि बढाउने उल्लेख छ ।
मन्त्रालयले पहिलो चरणमा मुलुकभरका ३२ वटा स्थानीय तहमा यो कार्यक्रम लागू गरेको हो । दाङमा १० वटा स्थानीयतह मध्ये तुलसीपुरमा मात्रै यो कार्यक्रम लागू भएको छ । समझदारी पत्र हस्तान्तरण कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, राज्यमन्त्री मोतिलाल दुगड लगायतको सहभागिता रहेको थियो ।
यसैबीच सरकारले औद्योगिक ग्राम बनाउन ३२ स्थानीयतहलाई २९ करोड ४४ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । एक स्थानीयतह एक औद्योगिक ग्राम बनाउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहिलो चरणमा घोषणा भएका ३२ स्थानीयतहमा बजेट निकासा गरेको हो ।
मन्त्रालयले मंगलबार प्रत्येक गाउँपालिकाका प्रतिनिधिलाई सम्झौता पत्रसहित ९२ लाखको चेक हस्तान्तरण गरेको हो । स्थानीयतहले उक्त रकमले औद्योगिक ग्रामको पूर्वाधार बनाउने छन् । स्थानीयतहले तीन महिनाभित्र डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) मन्त्रालयमा पेश गर्नुपर्छ ।
औद्योगिक ग्रामभित्र प्रशासनिक भवन, बैंक तथा वित्तीय संस्था, दिवा शिशु स्याहार केन्द्र, अग्नी नियन्त्रणको व्यवस्था, सामान प्रदर्शनी तथा बिक्री कक्ष, शौचालय तथा स्नान गृह, पार्किङ, क्यान्टिन र प्राथमिक स्वास्थ्य केन्द्र बन्ने छन् । स्थानीयतह, निजी तथा साझेदारीमा औद्योगिक ग्राम सञ्चालन हुने छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here