Friday, March 29, 2024
Homeमुख्य खबरमहोत्सव पर्यटन मन्त्रीले उद्घाटन गर्ने

महोत्सव पर्यटन मन्त्रीले उद्घाटन गर्ने

- Advertisement -spot_img

तुलसीपुर, २९ पुस । पर्यटन भ्रमण वर्ष २०२० को अवसर पारेर तुलसीपुरमा आयोजना हुन थालेको तुलसीपुर महोत्सव उद्घाटन गर्न पर्यटन मन्त्री योगेश कुमारभट्टराई आउने भएका छन् ।
माघ ९ गते शुभारम्भ हुने भनिएको तुलसीपुर महोत्सव राष्ट्रिय सभा निर्वाचनका कारण माघ १० गतेदेखि सुरु हुने महोत्सव मुल आयोजक समितिका संयोजक विरबहादुर रावत (विरु) ले बताएका छन् ।
पर्यटनमन्त्री भट्टराईसँगै महोत्सव उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष भवानी राणा, पूर्व अध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्ष चन्द्र ढकालसहित प्रदेश र जिल्ला नगरबाट करीव एक सय पचासभन्दा बढी उद्योग वाणिज्य संघमा आवद्ध नेताहरु सहभागी हुने निश्चित भएको छ ।
उद्घाटन कार्यक्रममा नेपाल भ्रमण बर्ष २०२० का संयोजक सुरज वैद्य पनि सहभागी हुने छन् । किनकि तुलसीपुर महोत्सव विशेषगरी नेपाल भ्रमण वर्ष अभियान सफल बनाउने लक्ष्य सहित आयोजना हुन थालेको छ ।
महोत्सवको तयारी तिब्र रुपमा अघि बढेको छ । चार सय स्टलको व्यवस्थापन सहित महोत्सवमा साना तथा मझौला व्यवसायीलाई प्रोत्साहन गर्ने बताइएको छ ।
स्थानीय उत्पादनको बजारीकरणमा महोत्सव केन्द्रित हुने छ । पर्यटनसँग जोडिएका विविध महत्वका क्षेत्रहरुको हेलिकोप्टरबाट अवलोकन गर्नेसम्मको व्यवस्थापन गरिएको आयोजक कमिटिका स्टेयरीङ कमिटिका संयोजक विमल रिजालले बताएका छन् ।
‘हामी नेपाल भ्रमण बर्षमै केन्द्रित रहेर यो महोत्सव लगाउँदै छौं, महोत्सवमा बचेको आम्दानी हामीले सुरु गरेको वहुआयामिक सभाहललाई मूर्तता दिन खर्च गरिने छ’ रिजालले भने । यसैबीच दाङको घोराही र तुलसीपुरमा आगामी माघ १० गते एकसाथै दुई ठूला महोत्सव सुरु हुने भएको छन् ।
घोराहीमा चेम्बर अफ कमर्श दाङ र तुलसीपुरमा उद्योग वाणिज्य संघको आयोजनामा पर्यटन भ्रमण वर्षलाई लक्षित गरी औद्योगिक महोत्सव सुरु हुने भएका हुन् ।
नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी पर्यटन प्रवद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सवको आयोजना भएका हुन् । घोराहीमा लाग्ने महोत्सवमा २ सय ३० वटा पिभिन्न व्यापारिक एवं सेवामूलक स्टलहरु निर्माण गरिने स्टल व्यवस्थापन समितिका संयोजक बलदेव योगीले जानकारी दिए ।
महोत्सव तयारीका लागि आन्तरिक र बाह्य तयारीलाई तिब्र पारिएको उनको भनाई छ । महोत्सवमा साँस्कृतिक कार्यक्रमसँगै पर्यटकहरुलाई घुमाउने योजनासमेत बनाईएको उनले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here