- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसम्पादकीयमाघीको शुभकामना

माघीको शुभकामना

- Advertisement -spot_img

मकर सक्रान्ति, माघीलगायतको नामाकरण गरेर माघ १ गतेलाई विशेषरुपमा मनाइने गरिदै आएको छ । माघ १ गतेदेखि सूर्य धनुराशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले माघ १ गतेलाई मकर सक्रान्ति भनिन्छ ।
यही समयदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले बिस्तारै दिन लामो र रात छोटो हुँदै जाने तथ्य छ । सबै हिसावले माघी र मकर सक्रान्तिको आफ्नै परम्परा, रितिरिवाज र संस्कृति रहेको छ ।
यसको रौनक सबैमा छ । थारु समुदायले माघीको रौनक बढिरहेको छ । थारु बस्तीहरुमा माघीको आफ्नै रौनक बढिरहेको छ ।
अन्य जातिहरु रहेको बस्ती मकर सक्रान्तिले रौनक बढाएको छ । माघ १ गतेदेखि थारुको नयाँ वर्ष फेरिने हुँदा यसलाई माघी वर्पका रुपमा थारु समुदायमा धुमधाम मनाउने गरिन्छ । अन्य जातिमा सक्रान्तिको आफ्नै महत्व रहेको छ ।
५ नं प्रदेशको प्रदेश सरकारले दुई दिन सार्वजनिक बिदाको समेत घोषणा गरेको छ । माघ १ र २ गते प्रदेशमा सार्वजनिक बिदा गरिएको छ ।
माघी पर्वका अवसरमा दाङका विभिन्न स्थानहरुमा माघी महोत्सव लागिरहेका छन् । पुस मध्यबाटै सुरु भएका मेला महोत्सव चलिरहेका छन् । माघीकै अवसरमा दाङसहित देशका विभिन्न धार्मिक क्षेत्रहरुमा मेला, महोत्सवसहित धार्मिक कार्यहरु हुने गरेका छन् ।
दाङको बराहक्षेत्र बाह्रकुने, रिहारको बगारबाबा लगायत देशका विभिन्न धार्मिकस्थल देवघाट रिडीमा मेला, आयोजना गरिन्छन् । विभिन्न जातजाति, भाषाभाषीका नेपालीहरुले माघीलाई विभिन्न क्षेत्रमा भिन्न–भिन्न रुपले मनाउँदै आएका छन् ।
अधिकांश नेपालीले मीठो खाने, राम्रो लगाउने, इष्टमित्रबीच जमघट गरेर पौष्टिक आहारहरु तरुल, सख्खरखण्ड, तिलको लड्डु, चाकु, घिउ खाएर रमाइलो गर्ने चलन छ ।
त्यसो त मगर समुदायमा माघी पर्व अलि महत्वका साथ मनाइन्छ । मगरहरुले कला, संस्कृति, भेषभूषा संरक्षण तथा पुख्र्यौली परम्परा धान्न प्रत्येक वर्ष धनुषवाण हान्ने प्रतियोगिता चलाउने गर्दछन् । दाङमा पनि नियमित सञ्चालमा भइरहेको छ ।
माघ १ लाई थारुहरुले नयाँ वर्षको रुपमा मनाउँछन् । त्यसैले उनीहरुको सबैभन्दा ठूलो पर्व माघी हो । यसपालि पनि माघीको चहलपहल सबैभन्दा धेरै थारु बस्तीहरुमा देखिएको छ ।
वर्षभरि काम गरे पनि माघ महिनामा बिसाउने चलन थारु समुदायमा छ । माघीको दिन बिहानै स्नान गरी आपूmभन्दा ठूलासँग आशीर्वाद लिने चलन थारु समुदायमा छ । जसले आपसी मेलमिलापलाई थप बलियो बनाउँछ ।
माघी पर्वमा पारिवारिक भेटघाट सबैभन्दा महत्वपूर्ण मानिन्छ । आगमीको वर्षमा योजनासमेत माघीमै बुनिन्छ । गाउँकै अगुवा चुन्ने विशेष समय पनि माघी नै हो । आफ्ना कला, संस्कृतिको उचित जगेर्ना गर्ने वातारण सबैमा जावस् यस वर्षको माघी विकृतिमुक्त बन्न सकोस् सबैमा माघीको शुभकामना छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here