- Advertisement -spot_img
Saturday, June 19, 2021
Homeफिचर‘पढ्ने इच्छा छ, पैसा छैन’

‘पढ्ने इच्छा छ, पैसा छैन’

- Advertisement -spot_img

कोरी समुदायका छोरीहरू भन्छन् …
दाङ, २९ पुस । घोराही उपमहानगरपालिका–८ बेलुवा (नारायणपुर) की १४ वर्षिया पूर्णिमा कोरी २ वर्ष अघि ५ कक्षामा पढ्दा पढ्दै विद्यालय छोडिन ।
नारायणपुरमा रहेको सिद्धरत्ननाथ माध्यमिक विद्यालयकी विद्यार्थी पूर्णिमा घरको आर्थिक अवस्था कमजोर भएकै कारण पढाइ छाड्नु प¥यो । पूर्णिमालाई अहिले पनि पढ्न रहर छ ।
तर गरिबीका कारण हुन पढ्न सक्ने अवस्थामा छैनन् । घरको अवस्था पढाउनै नसक्ने भएपछि ५ कक्षामा पढ्दा पढ्दै छोडे पूर्णिमाले भनिन्, विद्यालय छोडेर गाउँ घरतिर काम गर्छु, मैले घर कुर्ने भए आमा र दाजुहरू काममा जानु हुन्छ ।
दिउँसो काम गरेर साँझ बिहान खानाको जोहो हुन्छ उनले भनिन् । कक्षामा अब्बल रहेकी पूर्णिमा १ देखि ५ कक्षासम्म पढ्दा कक्षा प्रथम, दोस्रो भइरहने विद्यार्थी हुन् ।
गरिबीकै कारण विद्यालय छोडेपछि उनको पढाइ सपना बीचमै तुहिएको छ । उनी मात्रै हैन उनको घरमा रहेका चार दाजु–भाइ दिदी–बहनीले पनि यसरी नै कक्षा छोडेका छन् ।
उनको घरमा ६ कक्षाभन्दा बढी पढेको कोही छैन । आर्थिक अभावकै कारण पढाउन नसकेर विद्यालय छोडेर सबैलाई घरमा बसालेको पूर्णिमाकी आमा पुष्पा कोरीले बताइन् । उनले कापी, कलम किन्ने पैसासमेत नभएपछि छोराछोरीलाई पढ्न छुटाएको सुनाइन ।
अञ्जुली कोरी १६ वर्षकी भइन् । उनले कक्षा ८ पढ्दा पढ्दै छोडिन । घरको आर्थिक अवस्था हेरेर पढाउन नसकने भएपछि ८ कक्षा पढ्दा पढ्दै छाड्नुप¥यो, अञ्जुलीले भनिन् पढ्न रहर हुँदाहुदै पनि पढ्न पाइन, पढ्ने वातावरण भने पढेर ठूलो मान्छे बन्ने रहछ । अञ्जुली पनि सिद्धरत्ननाथ माविकै विद्यार्थी हुन् ।
उनले गत वर्षदेखि पढ्न छोडेकी छन् । सरकारी स्कुल भने पनि विभिन्न शीर्षकमा शुल्क बुझाउनु पर्ने, कापी, किताब किन्ने पैसा नहुँदा विद्यालय छोडेको बताइन् ।
नारायणपुरकै विष्णुप्रसाद कोरीका पाँचजना सन्तान छन् । उनका पनि तीनजनाले बीचमै पढाइ छोडिसकेका छन् । दुईजना साना छन् ।
विष्णुकी छोरी पुष्पा कोरीले आर्थिक अभाव र गरिबीकै कारण विद्यालय तहमै पढाइ छोडेको बताइन् । सात कक्षाभन्दा माथि पढ्न सकिन, उनले भनिन्, रहर त कम्तिमा प्लस २ गर्ने थियो ।
म अहिले १८ वर्ष भए तर पनि सहयोग भयो भने ७ कक्षाबाट नै पढ्ने रहर छ । आर्थिक अभावकै कारण अरूका घरमा काम गरेर परिवारलाई सहयोग पु¥याइरहेकी छु ।
दाङको नारायणपुरमा अल्पसंख्यक कोरी समुदायको बसोबास रहेको छ । यो बस्ती जिल्लाकै एकलो बस्ती हो, तीन पुस्तादेखि कोरी समुदाय यहाँ बसिरहेको विष्णु कोरीले बताए ।
जनगणनामा यो समुदायको अभिलेख देखिएको छैन । झण्डै २० घरमा रहेको कोरी समुदाय अति विपन्न अवस्थामा रहदा सुमदायका बालबालिकाहरू पढाइबाट बञ्चित भइरहेका छन् ।
२० घर परिवारका झण्डै ४२ जनाभन्दा बढी बालबालिकाले गरिबीका कारण विद्यालय छोड्ने गरेको स्थानीय नवीन कोरीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here