- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeविचारसामाजिक उत्तरदायित्व

सामाजिक उत्तरदायित्व

- Advertisement -spot_img

दाङमा जेसिजले विभिन्न सामाजिक काम गर्दै आएको छ । जेसिजले युवालाई नेतृत्व विकाससँगै विभिन्न सामाजिक उत्तरदायित्व बहनसमेत गर्ने गरेको छ । राष्ट्र निर्माणमा युवालाई सशक्तिकरण बनाउँदै विभिन्न सामाजिक काममा जेसिजले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
दाङमा तुलसीपुर नगर जेसिज, घोराही नगर जेसिज, लमही नगर जेसिजलगायतले एक व्यक्ति, एक संस्था र एक वर्ष भन्ने उद्देश्यका साथ नेतृत्व बहन गर्दै समाजमा सकारात्मक काममा हातेमालो गर्ने गरेको छ ।
अठार वर्षदेखि ४० वर्ष उमेर समूहका युवा मिलेर समाजमा सकारात्मक प्रभाव पर्ने किसिमका कामहरू गर्ने प्रयत्न जेसिजले गरेको छ । जेसिजका पदाधिकारीको हरेक अंग्रेजी नयाँ वर्षमा परिवर्तन हुने गरेको छ ।
दाङमा पनि स्थपना भएका विभिन्न नगर जेसिजमा नयाँ पदाधिकारी भर्खरै आएका छन् । जेसिजका नयाँ पदाधिकारीले सन् २०२० अर्थात् आफ्नो कार्यकालभित्र गर्ने नयाँ किसिमका काम कस्ता ल्याएका छन् त ? आज हामीले जेसिज नेतृत्वलाई प्रदेश टुडेको राउण्ड टेबलमा ल्याएका छौं । जेसिज र सामाजिक उत्तरदायित्वका विषयमा गरिएको कुराकानी ।


सपना पाण्डे
अध्यक्ष
लमही नगर जेसिज

लमही नगर जेसिज वर्ष २०२० को नेतृत्व गर्ने अवसर मलाई आएको छ । सर्वप्रथमतः नेतृत्वमा पु¥याउनु हुनेप्रति सबैलाई विशेष धन्यवाद अनि आभार प्रकट गर्न चाहन्छु ।
युवालाई व्यक्तित्वसँगै नेतृत्व विकासमा लैजाने जेसिजको आज विशाल संगठन भएको छ । जेसिजले अब युवा सशक्तिकरणसँगै सामाजिक उत्तरदायित्वका काम गर्नुपर्छ भन्ने उद्देश्यका साथ बिगतका समयदेखि नै गर्दै आएको छ । समयको गतिशीलतासँगै मैले सन् २०२० मा नेतृत्व सम्हाल्ने अवसर पाएकी छु ।
नेतृत्वमा म आइसकेपछि मैले गर्नुपर्ने थुप्रै कामहरू छन् । हामीले ति कामहरू मैले पदभार ग्रहणको क्रममा पनि भन्ने छु । अब लगत्तै पदभार ग्रहण पनि हुँदैछ । लमही नगर जेसिजमा महिला नेतृत्वको एउटा उदाहरणीय,
फरक काम के होला ? त भन्ने आम चासो बढिरहेको समयमा मैले विगतको नेतृत्वले जो गर्दागर्दै पनि बाँकी रहेका कामलाई निरन्तरता दिने नै छु । हाम्रो कार्यकाल छोटो समयको हुने हुँदा पनि हामीले कतिपय महत्वपूर्ण काम गर्दागर्दै समय बितेको पत्तै हुँदैन् ।
मैले पनि केही काम गर्दागर्दै बाँकी रहलान् आगामी नेतृत्वले ति कामलाई पूरा गर्नुहुनेछ । लमही नगर जेसिजले पनि विगतदेखि नै सामाजिक उत्तरदायित्वको काम गरिरहेको छ ।
अहिलेको वर्षमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछु । हामीले विषेशगरी असहाय, टुहुरा बालबालिकाको शिक्षामा सहयोग पुग्ने किसिमका कार्यक्रमलाई निरन्तरता दिने छौँ ।
सरकारले अभिभावकत्व ग्रहण गर्न नसकेका बालबालिकाको हामीले खोजी गरी उनीहरूको शिक्षादिक्षामा सहयोग पुग्ने किसिमका विभिन्न कार्यक्रम गर्ने कुरा म यहाँलाई जानकारी दिन चाहन्छु ।
टुहुरा बालबालिकाका शिक्षाका लागि लाग्ने शिक्षण शुल्कदेखि पोशाक, शैक्षिक सामाग्री लगायतका काम हामीले गर्ने अठोट लिएका छौँ ।
अनि हामीले अहिलेको सरकारले घोषणा गरेको भ्रमण वर्षलाई पनि सफल बनाउन विभिन्न कार्यक्रम गर्नेछौँ । हाम्रो नेतृत्व नै भिजिट नेपाल वर्षभरी रहने भएकाले पर्यटन वर्षलाई सफल बनाउन गरिने विभिन्न किसिमका क्रियाकलाप गर्ने छौँ ।
जेसिजका कार्यक्रम पर्यटकीय स्थलमा गरेर हुन्छ कि हाम्रा सञ्जालमा जोडिएका युवालाई दाङको पर्यटकीय स्थलको परिचय दिएर हुन्छ हामीले पर्यटन प्रवद्र्धनका लागि काम गर्ने योजना बनाएका छौँ । जेसिज भनेपछि नै व्यक्तित्व र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको छ ।
युवाको विकासका लागि हामीले विभिन्न किसिमका तालिम, गोष्ठी, सेमिनारजस्ता कार्यक्रम सञ्चालन गर्नेछौँ । त्यसैगरी व्यवसाय प्रवद्र्धनका लागि युवालाई विभिन्न किसिमका व्यवसायीक तालिम पनि प्रदान गर्ने उद्देश्य लिएका छौँ । एउटा युवा सफल व्यवसायी भयो भने उसले मात्रै मुनाफा लिदैन्, समग्र राष्ट्रका लागि नै फाइदा हुन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here