- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeविचारसमाज र जेसिज सँगसँगै

समाज र जेसिज सँगसँगै

- Advertisement -spot_img

दाङमा जेसिजले विभिन्न सामाजिक काम गर्दै आएको छ । जेसिजले युवालाई नेतृत्व विकाससँगै विभिन्न सामाजिक उत्तरदायित्व बहनसमेत गर्ने गरेको छ । राष्ट्र निर्माणमा युवालाई सशक्तिकरण बनाउँदै विभिन्न सामाजिक काममा जेसिजले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
दाङमा तुलसीपुर नगर जेसिज, घोराही नगर जेसिज, लमही नगर जेसिजलगायतले एक व्यक्ति, एक संस्था र एक वर्ष भन्ने उद्देश्यका साथ नेतृत्व बहन गर्दै समाजमा सकारात्मक काममा हातेमालो गर्ने गरेको छ ।
अठार वर्षदेखि ४० वर्ष उमेर समूहका युवा मिलेर समाजमा सकारात्मक प्रभाव पर्ने किसिमका कामहरू गर्ने प्रयत्न जेसिजले गरेको छ । जेसिजका पदाधिकारीको हरेक अंग्रेजी नयाँ वर्षमा परिवर्तन हुने गरेको छ ।
दाङमा पनि स्थपना भएका विभिन्न नगर जेसिजमा नयाँ पदाधिकारी भर्खरै आएका छन् । जेसिजका नयाँ पदाधिकारीले सन् २०२० अर्थात् आफ्नो कार्यकालभित्र गर्ने नयाँ किसिमका काम कस्ता ल्याएका छन् त ? आज हामीले जेसिज नेतृत्वलाई प्रदेश टुडेको राउण्ड टेबलमा ल्याएका छौं । जेसिज र सामाजिक उत्तरदायित्वका विषयमा गरिएको कुराकानी । 


मिनराज भाट
महासचिव
त्रिभुवननगर जेसिज

हामी सामाजिक संस्था होइनौँ, तर सामाजिक संस्थाको रूपमा अग्रसर नै छौँ । हामीहरू पनि सहभागी टिमले विगतमा गरेका विभिन्न कामहरूले समाजमा पक्कै पनि सकारात्मक भूमिका खेलिरहेको छ ।
१८ वर्षदेखि ४० वर्षसम्म उमेर समूहका युवाहरू सहभागी जेसिजको स्थापना अमेरिकाबाट भएपनि यसको सञ्जाल फैलिने क्रम बढिरहेको छ । सञ्जालका कारण हामीहरू जोडिन पाएका छौँ ।
युवा भएपछि उसले बहन गर्नुपर्ने सामाजिक उत्तरदायित्व धेरै छन् तर कतिपय युवाले आफ्नो समयको बर्वाद गरिरहेको हुन्छ । हामीले मुख्य उद्देश्य के हो ? भने एउटा युवा विभिन्न किसिमले दक्ष र सक्षम बन्न आवश्यक भन्छौँ ।
किनभने युवाले व्यक्तित्व विकाससँगै नेतृत्व विकास गर्न जरूरी छ तबमात्रै उसले जीवनमा गर्ने हरेक काम सफलता उन्मूखतिर हुन्छन् । युवालाई सशक्तिकरण बनाउँदै समाजले आत्मसात् गर्ने किसिमका कामहरू हामीले गरिरहेका छौँ ।
सामजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा म अहिलेको नेतृत्वमा आइपुगेको छु । म नेतृत्वमा आइपुग्दा मेरो जिम्मेवारी पनि थुप्रै छन् । हाम्रो थ्री एफको अवधारण अघि सारेका छौँ, फेमिली, फ्रेन्ड्स र फ्यूचर यी तीन चिजमा हामी अब्वल हुुनुपर्छ । जेसिजमा जोडिएका युवाहरूको परिवार, साथीभाइ र भविष्य अहिले निकै सकारात्मक पाइन्छ ।
अब हामीले यतिमात्र नभएर हामीले सबै युवालाई विभिन्न किसिमले सशक्त हुनुपर्छ भनेका छौँ । युवा नजागे देश बन्दैन्, एउटा युवा आफू, परिवार, घर समाज हुँदै राष्ट्रमा सशक्त बन्न उसको व्यक्तित्व र नेतृत्व विकास आवश्यक छ ।
हामी विभिन्न सामाजिक उत्तरदायित्वका कामहरू छौँ, हामीले युवालाई सशक्तिकरण बनाउन तालिमका कार्यक्रम गर्नेछौँ । त्यसैगरी बिजनेश सेमिनार पनि सञ्चालन गर्ने योजना बनाएका छौँ । सेमिनारले व्यवसायीहरूलाई व्यवसाय सञ्चालनका बारेमा सहज बनाउने छ ।
अझ हामीले विषेशत ग्रामीण भेगमा स्वास्थ्य उपचार अभावमा रहेका नागरिकका लागि सिउजा, सैघालगायतका विकट बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाएका छौँ ।
शिविरबाट स्वास्थ्य उपचार अभावमा रहेका नागरिकले आधारभूत स्वास्थ्य सेवा भएपनि प्राप्त गर्ने छन् भन्ने अपेक्षा गरेका छौँ ।
त्यसैगरी भिजिट नेपाल २०२० लक्षितहरू पनि कार्यक्रमहरू पनि छन् । दाङमा पर्यटन प्रवद्र्धनका लागि त्रिभुवन नगर जेसिजले विभिन्न सञ्जालमार्फत कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
पर्यटन प्रवद्र्धनमा हामी सबैको दायित्व पनि हो । त्यसैले हामीले सरकारले घोषणा गरेको पर्यटन वर्षलाई हाम्रातर्फबट हुने विभिन्न सहयोग गर्नेछौँ । समाज र राष्ट्र निर्माणका लागि जेसिज लागिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here