- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeविचारसमाज रूपान्तरण अभियान

समाज रूपान्तरण अभियान

- Advertisement -spot_img

दाङमा जेसिजले विभिन्न सामाजिक काम गर्दै आएको छ । जेसिजले युवालाई नेतृत्व विकाससँगै विभिन्न सामाजिक उत्तरदायित्व बहनसमेत गर्ने गरेको छ । राष्ट्र निर्माणमा युवालाई सशक्तिकरण बनाउँदै विभिन्न सामाजिक काममा जेसिजले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
दाङमा तुलसीपुर नगर जेसिज, घोराही नगर जेसिज, लमही नगर जेसिजलगायतले एक व्यक्ति, एक संस्था र एक वर्ष भन्ने उद्देश्यका साथ नेतृत्व बहन गर्दै समाजमा सकारात्मक काममा हातेमालो गर्ने गरेको छ ।
अठार वर्षदेखि ४० वर्ष उमेर समूहका युवा मिलेर समाजमा सकारात्मक प्रभाव पर्ने किसिमका कामहरू गर्ने प्रयत्न जेसिजले गरेको छ । जेसिजका पदाधिकारीको हरेक अंग्रेजी नयाँ वर्षमा परिवर्तन हुने गरेको छ ।
दाङमा पनि स्थपना भएका विभिन्न नगर जेसिजमा नयाँ पदाधिकारी भर्खरै आएका छन् । जेसिजका नयाँ पदाधिकारीले सन् २०२० अर्थात् आफ्नो कार्यकालभित्र गर्ने नयाँ किसिमका काम कस्ता ल्याएका छन् त ? आज हामीले जेसिज नेतृत्वलाई प्रदेश टुडेको राउण्ड टेबलमा ल्याएका छौं । जेसिज र सामाजिक उत्तरदायित्वका विषयमा गरिएको कुराकानी । 


जीवा भुसाल
अध्यक्ष
दाङ महिला जेसिज

मैले दाङ महिला जेसिजको नेतृत्व गरिसकेपछि समाजका लागि केही न केही भएपनि फरक उदाहरणीय काम गर्नुपर्छ भन्ने उद्देश्य लिएको छु । विगतमा पनि दाङ महिला जेसिजले सामाजिक उत्तरदायित्वका कामहरू थुप्रै गरेको छ ।
अघिल्लो नेतृत्वले बाँकी छोडेका कामहरू पूरा गर्दै विभिन्न नयाँ किसिमका सामाजिक काम गर्ने योजना बनाएका छौँ । हामीले सर्वप्रथमत महिलालाई सक्षम र दक्षरूपमा नेतृत्व विकासका लागि तालिमलाई प्राथमिकता दिएका छौँ । अधिकांश महिलाहरूको धारणा के छ भने मैले केही गर्न सक्दैन् भन्ने छ, तर हामीहरू सक्रिय हुँदैनौँ, ति हाम्रो मानसिकता उठ्न सक्दैन् ।
समाजका लागि हामीले केही गर्नुछ । महिलालाई नेतृत्वमा पु¥याउनु छ, त्यसैले पनि हामीले विभिन्न किसिमका तालिमको आयोजना गरेका छौँ ।
त्यसैगरी महिलालाई नेतृत्वमा पु¥याउन श्रीमान र परिवारको पनि महत्वपूर्ण साथ रहने भएकाले श्रीमानलाई पनि तालिममा सहभागी गराएर कार्यक्रमलाई प्रभावकारी बनाउने योजना अघि सारेका छौँ ।
महिलालाई उद्यमशीलतासँग जोडेर आत्मनिर्भर बनाउनका लागि विभिन्न उद्यमशील तालिम सञ्चालन गर्नेछौँ । महिला उद्यमीको संख्या न्यून मात्रामा रहेको समयमा महिलालाई विभिन्न सीप
प्रदान गरी विभिन्न विपन्न महिलालाई आयआर्जनसँग जोड्नका लागि विभिन्न संघसंस्थाको समन्वयमा उनीहरूको जीवनस्तर उठाउन विभन्न भूमिका खेल्ने छौँ । हामीले गर्ने कामा यतिमा मात्रै सीमित रहदैन ।
विषेशत म नेतृत्वमा आइसकेपछि समाजमा व्याप्त रहेका बालविवाह, बलात्कारलगायतका घटनालाई न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्य गर्ने योजना बनाएका छाँै ।
बालविवाह न्यूनीकरण गर्नका लागि विद्यालयस्तरमा सचेतनादेखि विभिन्न किसिमका सडक नाटक प्रस्तुत गर्ने, बलात्कारजस्तो अपराधबाट बच्न विभिन्न सचेतनामूलक काम गर्ने योजना बनाएका छौँ । हामीले लिएको यो अभियानलाई सफल बनाउन तपाईहरूजस्तै सञ्चारकर्मी तथा मिडियाको साथ पनि आवश्यक छ ।
कार्यक्रम हामी एक्लैले सफल हुने होइन् सफल बनाउनका लागि सबैको साथ आवश्यक छ ।
दाङ महिला जेसिजले समाजमा रहेका विभिन्न विकृतिको अन्त्यका लागि विभिन्न सचेतनालाई प्रभावकारी बनाउने उद्देश्यसमेत बोकेको छ ।
असल समाज निर्माण नगरिकन राष्ट्र समृद्धिमा जान सक्दैन् भन्ने उद्देश्यका साथ हाम्रो काम असल व्यक्ति र असल समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने छ ।
त्यस्तै विभिन्न ठाउँमा स्वास्थ्य शिविर सञ्चालन पनि गर्नेछौँ । विकट बस्तीहरूमा आधारभूत स्वास्थ्य सेवा पाउन नसकिरहेका नागरिकलाई केही भएपनि स्वास्थ्य सेवा प्रदान गर्नका लागि हामीले शिविरको आयोजना गर्नेछौँ ।
त्यसैगरी सबैले साझा रूपमा लिएको पर्यटन वर्षलाई सफल बनाउन दाङ महिला जेसिजले पनि विभिन्न कार्यक्रम गर्नेछ । हामीले मानवताको सेवा जीवनको सम्पत्ति हो भन्ने उद्देश्यका साथ हामीले विभिन्न समयमा रक्तदानका कार्यलाई निरन्तरता दिदैँ जानेछौँ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here