Friday, April 19, 2024
Homeविचारजनता जागरूकसँगै आर्थिक सशक्तिकरण

जनता जागरूकसँगै आर्थिक सशक्तिकरण

- Advertisement -spot_img

दाङमा जेसिजले विभिन्न सामाजिक काम गर्दै आएको छ । जेसिजले युवालाई नेतृत्व विकाससँगै विभिन्न सामाजिक उत्तरदायित्व बहनसमेत गर्ने गरेको छ । राष्ट्र निर्माणमा युवालाई सशक्तिकरण बनाउँदै विभिन्न सामाजिक काममा जेसिजले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
दाङमा तुलसीपुर नगर जेसिज, घोराही नगर जेसिज, लमही नगर जेसिजलगायतले एक व्यक्ति, एक संस्था र एक वर्ष भन्ने उद्देश्यका साथ नेतृत्व बहन गर्दै समाजमा सकारात्मक काममा हातेमालो गर्ने गरेको छ ।
अठार वर्षदेखि ४० वर्ष उमेर समूहका युवा मिलेर समाजमा सकारात्मक प्रभाव पर्ने किसिमका कामहरू गर्ने प्रयत्न जेसिजले गरेको छ । जेसिजका पदाधिकारीको हरेक अंग्रेजी नयाँ वर्षमा परिवर्तन हुने गरेको छ ।
दाङमा पनि स्थपना भएका विभिन्न नगर जेसिजमा नयाँ पदाधिकारी भर्खरै आएका छन् । जेसिजका नयाँ पदाधिकारीले सन् २०२० अर्थात् आफ्नो कार्यकालभित्र गर्ने नयाँ किसिमका काम कस्ता ल्याएका छन् त ? आज हामीले जेसिज नेतृत्वलाई प्रदेश टुडेको राउण्ड टेबलमा ल्याएका छौं । जेसिज र सामाजिक उत्तरदायित्वका विषयमा गरिएको कुराकानी । 


माधव पौडेल
अध्यक्ष
त्रिभुवननगर जेसिज घोराही

युवाको व्यक्तित्व र नेतृत्व विकाससँगै हामीले सामाजिक उत्तरदायित्व बहन पनि गरिरहेका छौँ । समाजमा प्रत्यक्षरूपमा सकारात्मक सन्देश फैलाउने काम जेसिजले गरिरहेको छ ।
अहिले त्रिभुवननगर जेसिजमा आइसकेपछि हामीले समुदायसँग पत्यक्ष सरोकार राख्ने काम गर्ने अठोट लिएका छौँ । सामाजिक रूपान्तरणमा जेसिजलाई अब्बल गराउनका लागि हामीले विभिन्न समुदायमा पुगेर कार्यक्रम गर्ने योजना बनाएका छौँ ।
हामीले नागरिकलाई सुसूचित गराउनेदेखि बेसाहरा नागरिकलाई सहयोग गर्नेसम्मका कार्यक्रम अघि सारेका छौँ । कुनै पनि नागरिक सचेत हुन सकेन् भने अर्थात् उसले व्यक्तित्व विकास गर्न सकेन भने राष्ट्र निर्माणमा नै समस्या पर्छ ।
त्यसैले हामीले जनतालाई सचेत बनाउनका लागि मेरो कार्यकालमा मेरो देश म आफै बनाउँछ जस्ता कार्यक्रम अघि सारेका छौँ । भ्रष्टाचार न्यूनीकरणमा नागरिकको महत्वपूर्ण भूमिका हुन्छ । नागरिक सचेत हुनसक्यो भने पनि भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्छ भनेर नागरिक सचेतनाको कार्यक्रमलाई प्राथमिकता दिएका छौँ ।
हामीले विषेशतः समुदायमा आधारित विभिन्न कार्यक्रम गरिरहने गरेका छौँ । जेसिज महिनामा कम्तीमा पनि एकपटक समाजमा पुगेका विभिन्न किसिमका सरसफाईमूलक कार्यक्रमदेखि समाजमा सकारात्मक सन्देश प्रवाह हुने किसिमका कार्यक्रम गर्ने गरेका छौँ ।
व्यक्तित्व विकासका एजेण्डालाई प्राथमिकताका साथ लैजान हामीले हाम्रो कार्यकालमा कम्तिमा पनि १० वटासम्म तालिम सञ्चालन गर्ने योजना बनाएका छौँ । बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल बिक्दैन् भन्ने नेपाल उखान छ, त्यसैले बोल्ने कलाको विकास गराउने र त्यस्तै प्रकारको तालिम सञ्चालन गर्न सक्ने नेतृत्व तालिममार्फत दिनेछौँ ।
त्यो तालिम भनेको राष्ट्रियस्तरको भएकाले पनि त्यो तालिम प्रभावकारी हुन्छ भन्ने विश्वास गरिएको छ । त्यस्तै जनप्रतिनिधिलाई पनि संसदीय अभ्यास किसिमको कार्यक्रम गराउने योजना बनाएका छौँ ।
घोराही उपमहानगरपालिकाका १९ वटै वटाका जनप्रतिनिधिलाई संसदीय व्यवस्था प्रणालीको तालिम प्रदान गर्ने र यसले पनि राज्य सञ्चालनमा थप सहजता ल्याउने छ ।
जेसिज घोराहीले मौलाकोटमा जेसिज ग्राम घोषणा गरेको दुई वर्ष पूरा भएको छ । त्रिभुवननगर जेसिजमा मौलाकोट जेसिजग्राम घोषणा भइसकेपछि म तेस्रो वर्षमा आएको छ ।
अब मौलाकोटको विकासका लागि मेरो भूमिका महत्वपूर्ण हुनेछ । मौलाकोटका नागरिकलाई आर्थिक रूपमा सशक्त बनाउनका लागि कृषि र पर्यटन प्रवद्र्धनका कार्यलाई प्रभावकारी बनाउने योजना बनाएका छौँ ।
मौलाकोटमा कृषिमा माहुरीपालन, कुखुरापालन र पर्यटकीय स्थलको रूपमा विकास गर्नका लागि आवश्यक प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माण गर्नेछ ।
त्यस्तै भुसको आगोझैँ फैलिएको लागूऔषध दुव्र्यसनीको अन्त्यका लागि हामीले युवाहरूलाई सचेतीकरणका कार्यक्रम सञ्चालन गर्ने गरेका छौँ । यस वर्ष पनि त्यो कार्यक्रमलाई निरन्तरता दिनेमात्रै होइन् अझै फराकिलो बनाउँदै लैजानेछु ।
त्यसैगरी सरकारले घोषणा गरेको पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउन विभिन्न योजना अघि सारेका छौँ । जेसिज सचिवालयले राप्ती सूचना केन्द्र स्थापना गरी यहाँ आउने पर्यटकलाई विभिन्न किसिमका गाइड गर्नका लागि सहयोग पुग्ने छ । दाङमै हामीले पहिलोपटक यस्तो सूचना केन्द्रको स्थापना गरेका हौँ ।
सरकारी निकायबाट हुन नसकेको पहल हामीले गरेका हौँ । त्यसैगरी विभिन्न विद्यालयमा पुस्तकालय स्थपना गर्ने किसिमका अवधारणा अघि सारेका छौँ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here