- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeविचारसामाजिक कार्यमा ध्येय

सामाजिक कार्यमा ध्येय

- Advertisement -spot_img

दाङमा जेसिजले विभिन्न सामाजिक काम गर्दै आएको छ । जेसिजले युवालाई नेतृत्व विकाससँगै विभिन्न सामाजिक उत्तरदायित्व बहनसमेत गर्ने गरेको छ । राष्ट्र निर्माणमा युवालाई सशक्तिकरण बनाउँदै विभिन्न सामाजिक काममा जेसिजले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
दाङमा तुलसीपुर नगर जेसिज, घोराही नगर जेसिज, लमही नगर जेसिजलगायतले एक व्यक्ति, एक संस्था र एक वर्ष भन्ने उद्देश्यका साथ नेतृत्व बहन गर्दै समाजमा सकारात्मक काममा हातेमालो गर्ने गरेको छ ।
अठार वर्षदेखि ४० वर्ष उमेर समूहका युवा मिलेर समाजमा सकारात्मक प्रभाव पर्ने किसिमका कामहरू गर्ने प्रयत्न जेसिजले गरेको छ । जेसिजका पदाधिकारीको हरेक अंग्रेजी नयाँ वर्षमा परिवर्तन हुने गरेको छ ।
दाङमा पनि स्थपना भएका विभिन्न नगर जेसिजमा नयाँ पदाधिकारी भर्खरै आएका छन् । जेसिजका नयाँ पदाधिकारीले सन् २०२० अर्थात् आफ्नो कार्यकालभित्र गर्ने नयाँ किसिमका काम कस्ता ल्याएका छन् त ? आज हामीले जेसिज नेतृत्वलाई प्रदेश टुडेको राउण्ड टेबलमा ल्याएका छौं । जेसिज र सामाजिक उत्तरदायित्वका विषयमा गरिएको कुराकानी । 


मोहन सुनार
अध्यक्ष
तुलसीपुर नगर जेसिज

तुलसीपुर नगर जेसिजले विगतदेखि नै विभिन्न रचनात्मक कामहरू गर्दै आएको छ । तुलसीपुरमा जेसिज स्थापना भएको आठौँ चरणमा मेरो नेतृत्वमा आइपुगेको छ । सन् २०१२ देखि स्थापना भएको तुलसीपुर नगर जेसिजले विभिन्न किसिमका सामाजिक उत्तरदायित्वका काम गरिरहेको छ ।
अब अहिले सन् २०२० का लागि म नेतृत्वमा आइसकेपछि मैले पनि थुप्रै एजेण्डा अगाडि सारेको छु । मैले पुराना अपूरा रहेका कामलाई निरन्तरता दिदै समाजका लागि केही नयाँ योजना ल्याउने प्रयत्न गरेको छु । हामीले युवालाई व्यक्तित्व र नेतृत्व विकाससँगै अब बेरोजगारीको अन्त्य गर्ने उपायको पनि खोजिरहेका छौँ ।
तुलसीपुर नगर जेसिजका सदस्यलाई व्यवसाय तथा आयमूलक उत्पानमा जोड्न बहुउद्देश्यीय सहकारी संस्थाको अवधारणालाई अघि सारेको छु । अहिले पनि युवा बेरोजगारी हुँदा विभिन्न समस्या उत्पन्न भइरहेका छन् ।
युवा देशबाट पलायन भइरहेको समयमा सानो पुँजीबाट पनि समृद्ध प्राप्त गर्न सकिने सहकारी संस्थाको अवधारणालाई सार्थक बनाउने अभियानमा यहाँहरू सबैको अमूल्य साथ रहन्छ । बहुउद्देश्यीय सहकारी संस्थामार्फत युवालाई रोजगारी प्रदान गर्ने र सक्षम र दक्ष युवालाई देशमै रोक्ने महान अभियान पनि हाम्रो काँधमा छ ।
उपमहानगरपालिका १९ वटै वडामा लागूऔषध, साइबर क्राइमलगायतका विभिन्न किसिमका सचेतनामूलक कार्यक्रम गर्ने विचार गरेको छ । युवाहरूमा देखिएको समस्या दीर्घकालिन समाधान गर्नका लागि हामीले यस्तो योजना अघि सारेका छौँ ।
लागूऔषध सेवनको कुलतमा युवा होइन्, युवा त राष्ट्र निर्माणमा हुनुपर्छ भन्ने सन्देशसहित लागूऔषध शिक्षा दिनेछौँ । त्यस्तै साइबर अपराध बढिरहेको समयमा यसको सचेतना पनि प्रदान गर्नेछौँ ।
जति प्रविधिले सजिलो बनाएको त्यति नै हामीले प्रयोग गर्न नजान्दा हामीलाई नै क्षति गरिरहेको यसबाट बच्ने उपायलगायतका बारेमा हामीले यसको सचेना अभियान सञ्चालन गर्ने योजना छौँ ।
सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा विपन्न वर्गका बालबालिकालाई अक्षयकोषदाताले जम्मा गरेको र विभिन्न निकायसँग समन्वय गरी छात्रवृत्ति प्रदान गर्ने योजना अघि सारिएको छ ।
समाजमा विपन्न वर्गका बालबालिको शिक्षामा सहयोग पुग्ने उद्देश्यले यस्तो कार्यक्रम अघि सारिएको हो । यस्तो अभियानमा हामी एक्लैले भन्दा पनि सबै सम्बन्धित निकायको सहयोगमा कार्यक्रमलाई सफल बनाउने छौँ ।
त्यसैगरी अपाङ्गता, अशक्त व्यक्ति जो सहाराबिहीन हुनुहुन्छ उहाँहरूका लागि राहतमूलक कार्य गर्ने, १८ वर्षभन्दा मूनिका बालबालिकाको समूह गठन गरी जुनियर जेसिज गठन गर्ने,
उपमहानगरपालिकामा स्पोर्टस् सिटीको रूपमा विकास गर्न विभिन्न खेलकुद प्रतियोगिता अयोजना गर्ने लगायतका कार्यक्रम वर्ष २०२० को समितिले अघि सारेको छ ।
युवालाई व्यक्तित्वसँगै नेतृत्व विकास गराउन जेसिजको स्थापना भएको हो । अहिले युवाको व्यक्तित्व विकास र नेतृत्व विकासले नै देशको विकास निर्माण हुने हुन्छ । जतिसक्दो युवालाई जेसिजबाट सशक्त, सक्षम बनाउने अभियान रहेको छ ।
जेसिजले शासन व्यक्तिको होइन विधिको हुनुपर्छ भन्ने उद्देश्यका साथ सामाजिक विभिन्न कार्यलाई जोडिरहेको यहाँलाई जानकारी नै छ । जेसिजले आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीतिक विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । असल व्यक्ति,
असल परिवार, असल समुदाय हुँदै असल राष्ट्र निर्माणमा हामीले काम गरिरहेका छौँ । म आइसकेपछि यी र यस्ता कामलाई निरन्तरता दिदै विभिन्न संघ, संस्था तथा व्यक्तिको सहयोगमा हाम्रा सामाजिक कामलाई निरन्तरता दिनेछु ।
त्यसैगरी हामीले अहिले सरकारले घोषणा गरेको पर्यटन वर्षलाई सफल बनाउन पनि भूमिका खेल्ने छौँ । तुलसीपुरमा भएका पर्यटकीय स्थलको संरक्षण, प्रचारप्रसार गरी तुलसीपुुरको पर्यटन प्रवद्र्धनलाई प्राथमिताका साथ काम गर्ने उद्देश्य छ ।
हामीले पर्यटककीय स्थलको प्रवद्र्धनका लागि पर्यटकीय स्थलमा कार्यक्रम गर्ने, तुलसीपुरमा भएका पर्यटकीय स्थलको बारेमा हाम्रो सञ्जालसँग जोड्ने र तुलसीपुर घुम्न जाउँ अभियानलाई प्रवद्र्धन गर्ने उद्देश्य बोकेका छौँ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here