- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरचलचित्र क्षेत्रमा सुधार आवश्यक

चलचित्र क्षेत्रमा सुधार आवश्यक

- Advertisement -spot_img

तुलसीपुर, २९ पुस । चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष डा. अमर गिरीले नेपाली चलचित्र गुणस्तरिय हुन नसकेको बताएका छन् । उनले चलचित्रको गुणस्तर खस्किएका कारण नेपाली दर्शक भारतीय चलचित्रतर्फ आकर्षित हुने गरेको बताए । ‘चलचित्र निर्माण हुने क्रम बढेको छ,
तर राम्रा कथावस्तुका चलचित्र सीमित मात्रै हुने गरेका छन्’ उनले भने– ‘दर्शकको माग अनुसारको चलचित्र बन्न नसकेका कारण चलचित्र निर्माण पक्षले ठूलो घाटा व्यहोर्नुपरेको छ ।’
चलचित्र निर्माणका लागि अध्ययनका खाँचो रहेको उनले औँल्याए । ‘समाजलाई सुसुचित गराउने सामाग्री निर्माणमा अध्ययन आवश्यक छ’ उनले भने– ‘अध्ययनले चलचित्र पनि राम्रो हुन्छ ।
चलचित्र समाज रूपान्तरणको आधार भएको भन्दै उनले समुदायका गतिविधिलाई कथावस्तु बनाउनुपर्नेमा जोड दिए । ‘चलचित्र मनोरञ्जनमा मात्र सीमित छैन्,
चलचित्र समाज रूपान्तरण गर्ने किसिमको हुनुपर्छ’ उनले भने– ‘प्रविधिका कारण दर्शक घटेका होइन्, चलचित्रको गुणस्तरकै कारण दर्शक कम भएका हुन् ।’
नेपाली चलचित्र काठमाडौँ भ्यालीभन्दा बाहिर जान नसक्नुका कारण अर्को कुरा हलहरू व्यवस्थापन हुन नसक्नु पनि भएको उनले बताए । ‘यहाँका चलचित्र हलहरू सुविधा सम्पन्न बनाउनुपर्छ’ उनले भने– ‘दर्शकहरू अब परम्परागत हलहरूमा जान छोडीसके, आधुनिक र सुविधा सम्पन्न हलहरूमा जान आवश्यक छ ।’
कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष दिनेश सिटौलाले नेपाली चलचित्र क्षेत्रको बजार राम्रो भएपनि सोचेजस्तो चलचित्र बन्न नसकेको बताए । ‘परम्परागत शैलीमा नेपाली चलचित्रको निर्माण भइरहेको छ’ उनले भने– ‘अधिकांश कथावस्तु नेपाली समुदायमा आधारित हुने गरेको छैन् ।

संघको अध्यक्षमा पुन

यसैबीच चलचित्र पत्रकार संघ दाङको अध्यक्षमा शिव पुन चयन भएका छन् । संघको सोमबार तुलसीपुरमा भएको चौथो अधिवेशनले पुनको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
संघको उपाध्यक्षमा सन्तोष केसी, सचिवमा पूर्ण केसी ‘मुस्कान’, सहसचिवमा निरला अर्याल गैरे, कोषाध्यक्षमा तीर्थराज चौधरी चयन भएका छन् ।
संघको सदस्यहरूमा भूपेस वली, मिना खड्का, राजेश खत्री र आशिष केसी रहेका छन् । संघका अध्यक्ष ध्रुवराज न्यौपानेको अध्यक्षता तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष डा.अमर गिरीको प्रमुख आतिथ्यता र संघका केन्द्रीय उपाध्यक्ष दिनेश सिटौलाको विशिष्ठ आतिथ्यमा अधिवेशनको उद्घाटन गरिएको हो ।
यसैबीच जिल्ला अधिवेशनका अवसरमा ११ हजार १ सय ११ रूपैयाँ राशिको देवलोचन रङ पत्रकारिता पुरस्कारबाट सन्तोष केसी पुरस्कृत भएका छन् भने विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ ।
संघले कान्तिपुर दैनिकका उपसम्पादक दुर्गालाल केसी, राष्ट्रिय समाचार समिति राप्ती प्रमुख नारायणी रजौरे, संघका संस्थापक सल्लाहकार शरद अधिकारी, संस्थापक उपाध्यक्ष चेतन रेग्मी, साहित्यकार
डा.लोकराज पराजुली, गोरक्ष दैनिकका कार्यकारी सम्पादक खेमराज रिजाल, गीतकार तथा पत्रकार लोकराज पराजुली, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन र युवा व्यवसायी राजेन्द्र महतारालाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here