- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचर‘सुधारका लागि स्थानीय सरकार लाग्नुपर्ने’

‘सुधारका लागि स्थानीय सरकार लाग्नुपर्ने’

- Advertisement -spot_img

सल्यान, २९ पुस । सरकारी विद्यालयको शिक्षामा सुधार ल्याउन स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुनुपर्ने सल्यानमा आयोजित एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।
इन्सेक नेपालले सञ्चालन गरेको इपीएल परियोजनाअन्तर्गत जिल्लाको बनगाड कुपिण्डे नगरपालिकामा सोमबार गरिएको अन्तरक्रियामा सहभागीहरूले यस्तो कुरामा जोड दिएका हुन् ।
शिक्षाका अधिकारसम्बन्धी शिक्षक, विद्यार्थी र अभिभावकसँग गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै विद्यार्थी शुसान्त केसीले विद्यालयमा स्वच्छ खानेपानीको अभाव, शौचालयको अभाव र भवनको अभावका कारण विद्यार्थीलाई समस्या हुने गरेको बताए ।
कक्षाकोठा व्यवस्थापन नहुँदा १५० जना विद्यार्थीसम्म एउटै कोठामा बस्नुपर्ने बाध्यताले अक्सिजनसमेतको कमि हुने गरेको उनले गुनासो गरे । उनले विद्यालयमा विद्यार्थीलाई मात्र नियम लाग्ने तर शिक्षकलाई कहिले नियम नलाग्ने समस्या भएको बताए ।
अर्का छात्र दशरथ बुढाले परीक्षामा शुक्रबार कार्यक्रमको प्रश्न आउँछ तर विद्यालयमा कहिले पनि अतिरिक्त कार्यक्रम नगरिने गुनासो गरे ।
उनले विद्यालयमा शिक्षकहरू अनियमित आउने र कहिलेकाहीँ मदिरा सेवन गरेर समेत आउने भएकाले यस्ता विषयमा सरोकारवालाहरूको ध्यान आकर्षण हुनुपर्ने बताए । यस्ता विषयमा स्थानीय सरकारले समेत समस्या पहिचान गरि पहल गर्नुपर्ने उनको जोड थियो ।
अभिभावक निमप्रसाद बुढाले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरू पनि जिम्मेवार भएको बताए । उनले सरकारी जागिर भनेर तलब पाइहाल्ने भन्दा पनि शिक्षालाई गुणस्तर बनाउन शिक्षकहरू आफै अग्रसर हुन आवश्यक रहेको बताए ।
भौतिक सामाग्रीको अभाव र शिक्षक दरबन्दीका विषयमा भने स्थानीय सरकार र जिम्मेवार निकायले ठोस कदम चाल्नुपर्ने बताए ।
प्रभाकर माविका प्रधानाध्यापक शिखर यरीले शिक्षक अभाव भएका विद्यालयमा स्थानीय सरकारले स्वयंसेवक शिक्षक भर्ना गरेर भएपनि शिक्षक पदपूर्ति गर्नुपर्ने बताए ।

उनले विद्यालयमा खानेपानी, शौचालय र भौतिक विकासका लागि स्थानीय सरकारले छिट्टै योजना बनाउनुपर्ने बताए । उनले राज्यमा तीनतहको सरकार भए पनि अहिलेसम्म कुनै पनि सरकारले ऐन नियम ल्याएर लागू नभएको बताए ।
राज्यले पर्याप्त शिक्षकको व्यवस्थापन नगर्दा आफूहरूले शुल्क उठाएर पढाउन बाध्य भएको उनको भनाइ छ ।
नगरस्तरीय मानवअधिकार समूहका सदस्य सचिव दुर्गा विसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले गरेकी थिइन् । कार्यक्रमको उद्देश्यबारे इपीएल परियोजना सहजकर्ता रामचन्द्र रेग्मीले जानकारी गराएका थिए ।

शिक्षा सुधारका लागि ध्यानाकर्षणपत्र

यसैबीच नगरपालिकाको शिक्षा सुधारका लागी बनगाड कुपिन्डे नगरपालिकाको मानवअधिकार समूहले नगरपालिकालाई १३ बुँदे ध्यानाकर्षण पत्र पेश गरेको छ ।
इन्सेक नेपालको इपिएल परियोजनाअन्तर्गत शिक्षा, स्वास्थ्य, खाद्यान्न र आवासको अधिकार अन्तर्गत पुस २८ गते नगरपालिकाको सल्ली बजारमा सरोकारवालाबीच भएको छलफलपछि शिक्षामा देखिएका समस्याका विषयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।
शिक्षाको अधिकारसम्बन्धी शिक्षक, विद्यार्थी र अभिभावकबीच अन्तरक्रिया कार्यक्रमपछि सरकारी नीतिमा रहेका कुरा व्यवहारमा लागू गर्न स्थानीय सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको मानवअधिकार समूहका सदस्य सचिव दुर्गा विसीले बताए ।
स्थानीय सरकारले प्रदान गरिरहेको शिक्षा, स्वास्थ्य, खाद्यअधिकार सम्बन्धीका सेवाहरू र ती सेवा प्राप्तिमा जनताको पहुँच बृद्धि गर्न आयोजना गरिएका विभिन्न कार्यक्रमहरूमा सरोकारवालाहरूले दिएको सुझाव,
सल्लाह, नगरपालिकाले गरेको प्रतिवद्धता तथा मानवअधिकार समूहको स्थलगत अनुगमनका क्रममा देखिएका समस्या सुधारका लागि पहल गर्न मानवअधिकार समूहको तर्फबाट ध्यानाकर्षण पत्र पेश गरेको उनले जानकारी दिए ।
ध्यानाकर्षणपत्र बुझ्दै नगर प्रमुख गोविन्द कुमार पुनले शिक्षामा देखिएका विविध समस्या समाधान गर्न नगरभित्रका विद्यालयमा अनुगमन गर्ने बताए ।
शिक्षा क्षेत्रमा सरोकार राख्नेहरूसँग सामूहिक रूपमा विद्यालयमा अनुगमन गर्ने र भेटिएका समस्यालाई न्यूनीकरण गर्न आवश्यक कदम चाल्ने उनको भनाइ छ ।
उनले मदिरा सेवन गरेर आउने शिक्षकका सन्दर्भमा विद्यालयमा स्वास्थ्यकर्मी सहितको टोली लिएर मापसे चेक गर्ने र मापसे गरेको पाइएमा कारवाहीको दायरामा ल्याउने चेतावनी समेत दिए ।
मौलिकहक कार्यान्वयनमा स्थानीय सरकारलाई सहयोग र सहजीकरण गर्न नागरिक समाज संस्थाहरूले पनि साझेदारी गरिरहेको सन्दर्भमा अनौपचारिक सेवा केन्द्र (ईन्सेक)ले पनि यस नगरपालिकामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम सञ्चालन गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here