- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeखेलकुदखेलक्षेत्र उच्च प्राथमिकतामा

खेलक्षेत्र उच्च प्राथमिकतामा

- Advertisement -spot_img

घोराही, २९ पुस । घोराही उपमहानगरपालिकाले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरेको छ । खेल क्षेत्रबाट युवाहरूलाई अनुशासित, लगनशील र स्वस्थ बनाउने उद्देश्यले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ ।
उपमहानगरले चालु आर्थिक वर्षमा झण्डै साढे ३४ लाख रूपैयाँ बजेट खेलकुदका लागि छुट्याएको छ । नगरस्तरीय र वडास्तरीय खेलकुद प्रतियोगिताका लागि ३४ लाख ३० हजार रूपैयाँ बजेट विनियोजन भएको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख विनोद गौतमले जानकारी दिए ।
एक वडा एक खेल मैदानको नीति लिएको उपमहानगरले खेल क्षेत्रलाई विषेश प्राथमिकता दिएको उनको भनाइ छ । नगरस्तरीय मेयर कप फुटबल, उपमेयर कप छात्रा भलिबल र राष्ट्रपति रनिङ शिल्ड हुनेछ ।
मेयर कपका लागि ५ लाख, उपमेयर कपका लागि ३ लाख र राष्ट्रपति रनिङ शिल्डका लागि एक लाख रूपैयाँ बजेट छुट्याईएको छ । वडाहरूले खेलकुदका लागि ५० हजारदेखि ३ लाख रूपैयाँसम्म विनियोजन गरेका छन् ।
विभिन्न प्रतियोगिता, खेलकुद सामाग्री प्रदान, खेल मैदान तारबारका कार्यक्रमहरू रहेको महाशाखाले जनाएको छ ।

तेक्वान्दोमा दुई स्वर्ण विजेतालाई सम्मान

यसैबीच खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताबाट दुई स्वर्ण जित्न सफल घोराहीकी सुनिता विष्टलाई घोराहीमा सम्मान गरिएको हो ।
अल्फा तेक्वान्दो डोजाङले सोमबार घोराहीको कवर्ड हलमा आयोजना गरेको कार्यक्रममा घोराही उपमहानगर प्रमुख नरूलाल चौधरीले खेलाडी विष्टलाई सम्मान गरेका हुन् ।
भारतको पश्चिम बंगालस्थित असानसोलमा भएको प्रथम खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा हालै ४६ किलो तौल समूहमा फाईटतर्फ र १८ वर्षमाथिको पुम्सेतर्फ २ स्वर्ण जित्न सफल महिला खेलाडी विष्टलाई नगर प्रमुख चौधरीले टीका, माला र सम्मानपत्रले सम्मान गरे ।
डोजाङका अध्यक्ष समिति सिद्दिकीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै खेलाडी सुनिता विष्टले खेलक्षेत्रमा सरकारको लगानी सन्तोषजनक नभएको बताइन् ।
केही लगानी भए पनि खेलाडीहरूले राज्यको लगानीलाई अनुभूति गर्नसक्ने अवस्था नरहेको गुनासो गरिन् । पूर्वाधार, खेलकुद सामाग्रीसँगै प्रशिक्षण र सम्मानमा सरकारले अझै पर्याप्त लगानी गर्न नसकेको उनले बताइन् ।
कार्यक्रममा नगर प्रमुख नरूलाल चौधरीले खेल क्षेत्रमा बालबालिकादेखि युवाहरूको आकर्षण निकै राम्रो रहेको भन्दै स्थानीय सरकारले गर्न सक्ने सबै सहयोग र प्रवद्र्धन गर्ने उल्लेख गरे ।
खेलमा जितहार मात्रै नभई स्वस्थता, अनुशासन, आत्मीयता कायम गर्ने क्षेत्र भएको धारणा राखे । कार्यक्रममा राप्ती पोष्ट राष्ट्रिय दैनिकका सम्पादक शरद अधिकारी, क्रिकेट संघका सल्लाहकार कैलाश रोका, नेकपाका सदस्य मनिराज पुन, सहायक प्रशिक्षक सुरज भण्डारीले खेल क्षेत्रलाई सिर्जनात्मक ढंगले ग्रहण गर्न खेलाडीहरूलाई आग्रह गरे ।
यसैबीच दोस्रो राष्ट्रिय एभरेष्ट खुल्ला तेक्वान्दो प्रतियोगितामा सहभागी हुने सातजना खेलाडीलाई बिदाईसमेत गरिएको छ । खेलाडीहरू सुनिता विष्ट, जस्मीन चौधरी, प्रतिक चौधरी, आयुश शर्मा, सरीता चौधरी, रक्की पुन र निरमा विष्टलाई नगर प्रमुख चौधरीले टीका र माला लगाएर विजयीको शुभकामनासहित बिदाई गरेका हुन् ।

फुुटबलको उपाधी मुक्त कमैया टोललाई

यसैबीच घोराही उपमहानगरपालिका १६ ले आयोजना गरेको स्वर्गीय लछिनप्रसाद बुढा स्मृति टोलस्तरीय फुटबल प्रतियोगिताको उपाधिमुक्त कमैया टोलले जितेको छ । गएको २१ गतेदेखि सुरू भएको खेलमा जीवन ज्योती टोल द्वितीय र जनजागृती टोल तृतीय भएका छन् ।
प्रथम हुनेलाई ११ हजार, दोस्रोलाई ९ हजार र तेस्रो हुनेलाई ७ हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ । वडा अध्यक्ष ताराबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास समितिका संयोजक भरत अर्यालले खेलको माध्यमबाट अनुशासन,
स्वच्छ प्रतिस्पर्धाको भावना विकास र स्वास्थ्यको लागि समेत पुग्ने बताए । तत्कालिन वडा अध्यक्ष लछिनप्रसाद बुढाको निधन भएपछि उनको सम्झनामा वडाले फुटबल खेलको आयोजना गरेको हो । वडाभित्र रहेका आठवटा टोलबाट खेलाडीहरू समूह प्रतियोगितामा सहभागी भएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here