Friday, March 29, 2024
Homeमुख्य खबरमाघ साँस्कृतिक महोत्सव सम्पन्न

माघ साँस्कृतिक महोत्सव सम्पन्न

- Advertisement -spot_img

घोराही, २९ पुस । माघी पर्वको अवसरमा दाङको घोराहीमा शुरू भएको माघ साँस्कृतिक महोत्सव सोमबार सकिएको छ । थारू कल्याणकारिणी सभा दाङको आयोजनामा भएको चारदिने महोत्सव सकिएको हो ।
सभाका अध्यक्ष भूवन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरी प्रमुख अतिथि रहेका थिए ।
प्रमुख अतिथि चौधरीले थारू समुदायले महत्वपूर्ण चाडका रूपमा लिदै आएको माघलाई बचाउने र सामाजिक रूपान्तरण मार्फत विकाससँग जोड्न महोत्सवले सहयोग पु¥याउने बताए ।
रमाईलो र खानपानमा मात्रै माघीलाई सीमित नराखी आर्थिक, सामाजिक, साँस्कृतिक तथा शैक्षिक रूपान्तरणसँग जोड्न महोत्सवले भूमिका खेल्ने उल्लेख गरे । महोत्सवमा थारू जातिका विभिन्न नृत्य एवं गीतहरू प्रस्तुत गरिएको थियो । महोत्सवमा जिल्लाका सबै ठाउँहरूबाट थारू भेषभूषामा सजिएर व्यक्तिहरू सहभागी भएका थिए ।

थारू नृत्य प्रतियोगिता

यसैबीच माघी पर्वको अवसरमा घोराही उपमहानगरपालिका वडा नम्बर १६ ले माघ मिलन तथा थारू नाच प्रतियोगिता आयोजना गरेको छ ।
थारू जातिको परम्परागत संस्कृतिलाई संरक्षण गर्ने र सबै जातिको चाडपर्वलाइ सम्मान गर्ने उद्देश्यले माघ मिलन कार्यक्रम गरेको घोराही उपमहानगरपालिका वडा नं. १६ वडा अध्यक्ष तारा बहादुर डिसीले जानकारी दिएका छन् ।
प्रतियोगितामा वडाका सातवटा समूह सहभागी भएका थिए । थारूहरू परम्परागत पोशाक, गरगहनासहितको मौलिक नृत्य प्रस्तुत गरेका थिए ।
वडा कार्यालयले थारू समुदायको महान् पर्वलाई भव्यरूपमा मनाउन शुभकामना आदान प्रदानसँगै थारू नृत्य प्रतियोगिता गरेको हो ।
वडा अध्यक्ष ताराबहादुर डिसीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले संस्कृति संरक्षणमा सबैको सहकार्य र अपनत्व हुन आवश्यक रहेकोमा जोड दिएका थिए ।
कला, संस्कृति, रितिरिवाज समाजमा अमूल्य निधि भएकाले पुस्तान्तरणमा विशेष ध्यान दिएर नयाँ पुस्तालाई सकारात्मक विषय अंगीकार गराउन प्रेरित गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा गरूवागाउँ टोल विकास संस्थाका अमर चौधरी, मुक्त कमैया टोल विकासकी सन्तोली चौधरीलगायतले माघ पर्वको महत्व र यसका आयामबारे बोलेका थिए ।
प्रतियोगितामा रातामाटा टोल विकास संस्था प्रथम, प्रगतिशील टोल विकास संस्था द्वितीय, गरूवागाउँ टोल विकास संस्था तृतीय भएको थियो ।
यस्तै, प्रतियोगितामा भाग लिन आएका समूहमध्ये प्रगतिशील टोल विकास संस्था मघैको समूह उत्कृष्ट भएको वडा अध्यक्ष डाँगीले जानकारी दिए । नृत्य प्रतियोगितामा उत्कृष्ट भएकाहरूलाई नगद, प्रमाणपत्र सहित सम्मानित गरिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here