- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरजेष्ठ नागरिकलाई न्यानो कपडा

जेष्ठ नागरिकलाई न्यानो कपडा

- Advertisement -spot_img

घोराही, २९ पुस । घोराही उपमहानगरपालिका वडा नम्बर १६ ले वडामा रहेका ७६ जना विपन्न जेष्ठ नागरिकहरूलाई सम्मान स्वरूप न्यानो कपडा र हरलिक्स प्रदान गरेको छ ।
वडा अध्यक्ष ताराबहादुर डिसीको अध्यक्षतामा कार्यक्रम गरी नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले जेष्ठ नागरिकहरूलाई न्यानो कपडा र हरलिक्स प्रदान गरेकी हुन् ।
वडाको चालु आर्थिक वर्षको कार्यक्रम तथा बजेटबाट ७६ जना विपन्न जेष्ठ नागरिकहरूलाई सम्मानस्वरूप न्यानो कपडासँगै हरलिक्स वितरण गरिएको हो ।
वडा सरकारले आफूहरूलाई सम्मान गरेपछि जेष्ठ नागरिकहरू पनि खुशी भएका छन् । वडा नम्बर १६ गते दुई वर्षदेखि जेष्ठ नागरिकहरूलाई यसरी नै सम्मान गर्दै आएको छ ।
कार्यक्रममा उपप्रमुख सीता सिग्देल न्यौपानेले स्थानीय सरकार जेष्ठ नागरिकको सम्मानमा प्रतिबद्ध रहेको बताइन् । जेष्ठ नागरिकको स्वास्थ्य जाँच, दिवा सेवा केन्द्र स्थापनासँगै हकअधिकारलाई कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here