नेतालाई थारू समुदायको आह्वान …
घोराही, २८ पुस । न कुनै जातीय विभेद । न त कुनै वर्गीकरण । जहाँ कहिले देखिएन लैंगीक विभेद । मात्र एउटा समुदाय जुन थारू जातिको पहिचान हो । त्यो समुदाय जो जात पनि एउटै । लेखाईमा फरक होला । तर चिनाउने पहिचान हो थारू । बस्ती एउटै, मेलापातसँगै । त्यति मात्रै होइन् थारू जातिको संस्कार र संस्कृति पनि सँगै ।
गाउँमा कसैको खेतीपाती गर्ने होस् सबै चौधरी समुदायहरू पालैपालो सबैको घरमा निःशुल्क सहयोग गर्छन् । गाउँमा बाटो बनाउने, कसैको घर बनाउने वा सामूहिक काम जो सुकैको होस् सबैले सामूहिक रूपमा सम्पन्न गर्छन् ।
त्यति मात्र होइन् थारूहरूको चाडपर्व पनि सामूहिक नै मनाउने गर्छन् । हिजोआज थारूहरूको माघ उत्सव छ । माघको लागि विशेष मानिने माछा मार्ने काम पनि सिङ्गो थारू परिवारलाई पु¥याउने गरेर सामूहिक जान्छन् ।
सालको पात टिप्न होस् वा दाउराको जोहो गर्न नै किन नहोस् थारू समुदायका प्रत्येक परिवारका एक/एक व्यक्तिहरू सक्रियरूपमा सहभागी हुन्छन् । समाजवाद थारू समुदायमा छर्लंग देखिन्छ ।
थारू समुदायमा देखिने यो समाजवाद थारू महतवाहरूले बनाएको नीति नियम हो वा संस्कार । जो सदियौँदेखि यथावत छ । सबैभन्दा उपेक्षामा पारिएको अथवा पारिएको जाति भनिने दलित । जो दलितभित्रै छुवाछुत छ ।
क्षत्री–क्षत्रीबीच विभेद अनि ब्राह्मण–ब्राह्मणबीच उस्तै विभेद । त्योसँगै लैंगीक विभेद अनि त्यति मात्र होईन् गरिव, धनी अनि मध्यम वर्गको पनि विभेद उत्तिकै देख्न सकिन्छ । थारू समुदायबाहेक । जहाँ छुट्टै समाजवाद छ थारू समुदायमा ।
‘साँच्चिकै समाजवाद हेर्नुहुन्छ भने थारू समुदायमा आउनुहोस्’ थारू कल्याणकारी थारू कल्याणकारीसभाका अध्यक्ष भुवन चौधरीले भने ‘हाम्रो हरेक सामूहिक काम नै हाम्रो पहिचान हो ।’
कुनै व्यक्तिको व्यक्तिगत खेतीपाती स्याहार्ने, भित्र्याउनेदेखि सार्वजनिक काम थारू समुदायले सामूहिक रूपमै गर्दै आएको उनले बताए । ‘सामाजिक निर्णय गर्नुप¥यो भने थारू समुदायको महतवाले गर्नुहुन्छ’
उनले भने ‘त्यो निर्णय सर्वमान्य, सर्वपक्ष हुन्छ ।’ अन्य समुदायमा भन्दा थारू समुदायको सामाजिकरण छुट्टै विशेषता भएको उनले बताउँछन् ।
संघीय संरचनाले समाजवादमा परिवर्तन आएको उनले बताए । ‘हामी थारू समुदायहरू सामूहिक काम पनि निःशुल्क गथ्र्यौ, गर्छौ । जो समाजको हित हुन्थ्यो’ उनले समिक्षा गर्दै भने ‘जहिलेदेखि टोल विकास संस्था आयो अनि स्थानीय सरकार त्यसले सामाजीकरणमा केही परिवर्तन आएको महसुस भएको छ ।’
सामाजिक कामहरू पनि पैसासँग तुलना हुँदा र ति टोल संस्था तथा वडा सरकारले हरेक सामाजिक कामलाई बजेटमा परिणत गर्दा सबै व्यक्ति तथा समुदायहरू अटाउन नसक्ने उनले बताए ।
‘थारू समुदायमा कुनै राजनीति पार्टी छैन्, जहाँ समाजवाद छ’ थारू बुद्धिजीवि केबी चौधरीले भने ‘सामाजवादको बारेमा त राजनीतिक दलहरूले राजनीति गरिरहेका छन् ।’ ‘समाजवाद के हो ? कस्तो हुन्छ ?
भन्ने विषयमा थारू समुदाय प्रष्ट छ’ उनले पनि आह्वान गर्दै भने ‘समाजवाद हेर्न थारू समुदयामा आउनुस्, थारू समुदायमा बुझ्नुस् ।’ सामूहिक काम, सामूहिक रहन सहनले नै थारू समुदायको छुट्टै पहिचान रहेको उनले बताए ।
‘थारू जातिमा राजनीति हिसावले त छैन्’ थारू महतवा संघका अध्यक्ष चन्द्रप्रसाद चौधरीले भने ‘साँस्कृतिक, जीवन शैलीमा एकता त छ नि?’ थारू समुदायमा भित्र अन्य जातिको जस्तो जातीय छुवाछुत,
फरक भेषभूषा, लैंगीक विभेद छैन् ।’ थारू समुदायभित्र अधिकांश कामहरू सामूहिक रूपमा गरिने उनले बताए । ‘खेतमा पानी पु¥याउनको लागि सामूहिक रूपमा नै श्रम गर्छन्,
खेती पनि पालैपालै सबैको सामूहिक रूपमा नै गर्छौँ’ उनले भने ‘हामी थारू संस्कृति पनि सामूहिक रूपमा नै मनाउने गर्छौँ ।’ थारू समुदायहरू सामाजिक काम मात्रै होइन् समुदायभित्र मनाईने पर्व पनि सामूहिक रूपैम मनाउने गरिन्छ ।