Friday, April 19, 2024
Homeमुख्य खबरइजिआरपीको निरन्तरता आवश्यक

इजिआरपीको निरन्तरता आवश्यक

- Advertisement -spot_img

घोराही, २८ पुस । दाङमा लागू भएको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (इजिआरपी) कार्यक्रम विद्यालयमा प्रभावकारी हुँदै गएको भन्दै यसको निरन्तरता आवश्यक भएको सरोकारवालाहरूले बताएका छन् । उनीहरूले कार्यक्रम सुरू भएको चार वर्षमा विद्यालयमा र कक्षाकोठामा धेरै सुधार आएर शैक्षिक उपलब्धि बढेको भन्दै यसको निरन्तरता आवश्यक रहेको बताए ।
इजिआरपी कार्यान्वयन प्रभाव र निरन्तरताका विषयमा सरोकारवालाबीच गरिएको समीक्षा कार्यक्रममा यस्तो धारणा आएको हो ।
दुईदिन दाङका विद्यालयमा गरिएको निरिक्षण र दुईदिनको समीक्षामा सहभागीहरूले सामुदायिक विद्यालय सुधार र कक्षाकोठाबाट विद्यार्थीको सिकाइ प्रगतिका लागि यो कार्यक्रम आवश्यक रहेको बताए । उनीहरूले स्थानीय सरकारले यसको अपनत्वसमेत लिनुपर्ने बताएका थिए ।
शिक्षा विकास तथा समन्वय इकाई दाङको आयोजनामा कार्यक्रम भएको हो । दाङमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइको कार्यान्वयन, प्रभाव र यसमा देखिएका चुनौतीका विषयमा विद्यालयका प्रधानाध्यापक, राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका शिक्षकशिक्षिका, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा र पालिकाका शिक्षा शाखा प्रमुख, प्रशिक्षक तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमले कक्षा १ देखि ३ कक्षासम्मका बालबालिकामा सुनाइ, लेखाइ तथा बोलाइ सीपमा सकारात्मक प्रभाव पारेको, विद्यालय आउने बालबालिकाको संख्यामा बृद्धि भएको, अभिभावकहरू विद्यालय तथा आफ्ना बालबालिकाको शिक्षाप्रति चासो राख्ने क्रम बढेको,
गैर नेपाली मातृभाषी बालबालिकाको बोलाइ, सुनाइ तथा लेखाइमा समेत गुणात्मक सुधार आएको, कक्षाकोठामा वालमैत्री वातावरण बनेको, शिक्षकहरूले शैक्षिक सामाग्रीहरूको अधिकतम प्रयोग गर्ने गरेको सहभागीहरूले बताएका थिए । यो कार्यक्रमपछिको महत्वपूर्ण उपलब्धि भएको उनीहरूको भनाइ थियो ।
समीक्षा बबई गाउँपालिका, राप्ती गाउँपालिका र लमही नगरपालिकाका विभिन्न विद्यालयमा कार्यक्रमको कार्यान्वयन र प्रभावका बारेमा समेत अनुगमन गरिएको थियो ।
अनुगमनपश्चात् गरिएको समीक्षा कार्यक्रममा कार्यक्रमलाई कक्षा ५ सम्म लैजान आवश्यक देखिएको, कार्यक्रमलाई निरन्तरता दिन स्थानीय सरकारहरूले जिम्मेवारीवोधका साथ यसको स्वामीत्व लिन पनि सहभागीहरूले सुझाव दिएका थिए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई दाङका निमित प्रमुख देवमणी चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा तुलसीपुर उपमहानगर शिक्षा महाशाखा प्रमुख भास्करराज गौतम, तुलसीपुर नगर शिक्षा समिति संयोजक देवराज विश्वकर्मा, शिक्षा शाखा बबई संयोजक मोहन दाहाल, राप्ती संयोजक विश्वास विक,
सूर्य भण्डारी, प्रधानाध्यापक एकराज घिमिरे, शिक्षिका लक्ष्मी हमाल, नारायणी देवकोटा, शिक्षक अभिभावक संघका अध्यक्ष उमानन्द खनाललगायतले राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम, कार्यान्वयनका बारेमा बोलेका थिए ।
कार्यक्रमको सहजीकरण इजिआरपीमा जिल्ला संयोजक हल्लुप्रसाद चौधरी, फिल्ड अधिकृत केशव सिग्देल, विज्ञ उद्वव कार्कीले गरेका थिए । कार्यक्रम दाङसहित देशका २० जिल्लामा सघन रूपमा सञ्चालन भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here