- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरकार्यकक्षमै कालोमोसो

कार्यकक्षमै कालोमोसो

- Advertisement -spot_img

घोराही, २८ पुस । अनियमितता गरेको आरोप लगाएर सडक डिभिजन कार्यालय दाङका प्रमुखलाई कार्यकक्षमै दुव्र्यवहार गरेर कालोमोसो दलिएको छ । विप्लवले नेतृत्व गरेको नेकपाले सडक कार्यालयका प्रमुख ई. जितेन्द्र चौधरी कार्यकक्षमै पुगेर दुव्र्यहार गर्दै कालोमोसो र जुत्ताको माला लगाइएर दुव्र्यवहार गरेको कार्यालयले जनाएको छ ।
नेकपाको जिल्ला जनपरिषद्ले करोडौ अनियमितता गरेकोसहित विभिन्न १५ वटा आरोपसहितको विज्ञप्ति जारी गरेको छ । चौधरीलाई विप्लव कार्यकर्ताहरूले कार्यकक्षमै दुव्र्यवहार गरेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।
‘सडक डिभिजन प्रमुखको दुव्र्यवहार गर्ने समूहको खोजी भइरहेको छ, ढिलो गरी खबर प्राप्त भएका कारण प्रहरीले उनीहरूलाई पक्राउ गर्न सकेको छैन्’ उनले भने– ‘दोषीको पक्राउ गरी कानुनी दायरामा ल्याउँछौ ।’
सडक निर्माणको काममा ढिलासुस्ती गरेको, आर्थिक अनियमितता गरेको नेकपाका कार्यकर्ताहरूले आइतबार चौधरीको कार्यकक्षमै गएर कालोमोसो दलेका हुन् । आइतबार दिउँसो साढे ४ बजेतिर ८/१० जनाको समूहले कार्यालयमा पुगेर चौधरीलाई कुटपिटसमेत गरेको एक कर्मचारीले बताए ।
चौधरी कार्यालयबाट सरूवा भइसकेका थिए । उनी आइतबार कार्यालयबाट रमना लिएर नयाँ कार्यालयमा जाने गरी दाङ आएका थिए । उनको ठाउँमा कार्यालयमा नयाँ प्रमुखसमेत आइसकेका छन् ।
रमना लिन आएका चौधरीलाई कुटपिट र दुव्र्यवहार भएको हो । विप्लव नेकपाले गठन गरेको जिल्ला जनपरिषद् दाङका प्रमुख भगवानदास चौलागाईंले जारी गरेको विज्ञप्तिमा उनीमाथि कारवाही गर्नुका १५ वटा कारणहरू उल्लेख गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here