- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरनेशनल प्याब्सनको स्थापना दिवस

नेशनल प्याब्सनको स्थापना दिवस

- Advertisement -spot_img

तुलसीपुर, २८ पुस । नेशनल प्याब्सन दाङले विभिन्न कार्यक्रम गरी २२औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा एन प्याब्सनले सामाजिक उत्तरदायित्व अन्तर्गत हातले हिडेर गिनिज बुकमा नाम लेखाउने तयारी गरेका तुलसीपुर–३ रानागाउँका ऋषिश्वर परियारलाई नगद ८ हजार सहयोग गरेको छ ।
एन प्याब्सनले रजौरामा रहेको बृद्धाश्रमका लागि टेवल र जेष्ठ नागरिकलाई च्यावनप्रास र असहाय बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेर स्थापना दिवस मनाएको हो ।
दाङका अध्यक्ष भिमबहादुर बुढाथोकीको अध्यक्षता तथा एन प्याब्सन प्रदेश नम्बर ५ का संयोजक सुवोधकुमार डाँगीको प्रमुख आतिथ्यतामा २२औँ स्थापनामा दिवस कार्यक्रम भएको छ ।
संयोजक डाँगीले एन प्याब्सनले शिक्षासँगै सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्दै आएको बताए । ‘एन प्याब्सनले स्थापना दिवसको अवसरमा हरेक वर्ष विभिन्न सहयोग हस्तान्तरण गर्ने गरेको छ’ उनले भने–‘यसवर्ष पनि विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाएका छाँै, खर्चिलो र भड्किलोभन्दा पनि समाजमा प्रत्यक्ष प्रभाव पर्ने गरी रचनानात्मक रूपमा स्थापना दिवस मनाउँछौँ ।’
उनले संस्थागत विद्यालयले शैक्षिक गुणस्तरमा महत्वपूर्ण भूमिका खेलेको भन्दै समयसापेक्ष शिक्षामा जोड दिनुपर्ने बताए । दाङका विद्यार्थीले अहिले पनि जिल्लामा भएका शैक्षिक संस्थाभन्दा पनि जिल्ला बाहिर जाने परम्परा कायमै रहेको भन्दै उनले निजी विद्यालयले गुणस्तरिय शिक्षामा जोड दिएर जिल्लाभित्र गुणस्तरीय शिक्षा लिन आवश्यक रहेको बताए ।
‘शिक्षाका लागि करोडौँ लगानी जिल्ला बाहिर गइरहेको छ, जिल्लाभित्रका विद्यालयले विद्यार्थी पाउन नसकेको अवस्था छ’ उनले भने– ‘अभिभावक तथा विद्यार्थीको चाहनाअनुरूप शैक्षिक सुधारमा आवश्यक रहेको छ ।’
एन प्याब्सनका वरिष्ठ उपाध्यक्ष बिमल गौतमको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा केन्द्रीय सदस्य प्रकाशकुमार शर्मा, जेष्ठ नागरिक खुमानन्द अधिकारी, ऋषिश्वर परियार, शर्मिला डिसी लगायतले एन प्याब्सनले शिक्षासँगै सामाजिक उत्तरदायित्वको काम गरेको बताए । कार्यक्रमको सहजीकरण सचिव ठाकुरप्रसाद डाँगीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here