- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरशिव सेनाले मनायो पृथ्वी जयन्ती

शिव सेनाले मनायो पृथ्वी जयन्ती

- Advertisement -spot_img

तुलसीपुर, २८ पुस । शिव सेना नेपाल दाङले पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । शिव सेनाले आइतबार तुलसीपुरमा कोणसभा, ¥याली र दीप प्रज्ज्वलन गरेर शाहको २९८औँ जन्मजयन्ती मनाएको हो ।
तुलसीपुरको त्रिसिद्धेश्वरी मन्दिरबाट शुरू भएको ¥याली मदनआश्रित चोक हुँदै बाहिनी चोक, जेसिज चोक र विपी चोक हुँदै वीरेन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको हो ।
कोणसभा बोल्ने वक्ताहरूले पृथ्वीनाराण शाहले राष्ट्रिय एकताको सन्देश दिएको भन्दै अहिलेका दलहरूले शाहको योगदानलाई भुल्न खोजेको बताएका थिए ।

देशमा इतिहासको धरोहरका रूपमा रहेका शाहको जन्मजयन्तीमा पनि सरकारले सार्वजनिक बिदा दिन कन्जुस्याँई गरेको भन्दै उनीहरूले दुःख व्यक्त गरे ।
शिव सेना नेपालका अध्यक्ष देवीराम भण्डारीको अध्यक्षतामा भएको हो । यस्तै शिव सेनाले आइतबार बेलुका शाहको जन्मजयन्तीको अवसरमा दीप प्रज्ज्वलन गरेको थियो ।
दीप प्रज्ज्वलनमा शिव सेना नेपालका जिल्ला युवा संगठनका युवा वरिष्ठ उपाध्यक्ष प्रमोद अधिकारीले राजतन्त्रको वकालत गर्दै राजाका शालिक मासिदै गएकोले संरक्षणमा हामी सबैको दायित्व भएको बताए ।
‘राजाका शालिक तोडफोड हुँदै जाँदा पनि सरकारले संरक्षण गर्नुपर्ने झनै अरू शालिक स्थापना गर्न खोजेको पाइन्छ’ उनले भने– ‘राष्ट्रिय एकताका सन्दर्भमा दल वा पार्टीभन्दा माथि उठेर नेपाली हुँ भन्ने भावनाको विकास गर्नुपर्छ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here