- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरविद्यार्थी र पत्रकारबीच अनुभव आदानप्रदान

विद्यार्थी र पत्रकारबीच अनुभव आदानप्रदान

- Advertisement -spot_img

देउखुरी, २८ पुस । गुरूकुल एकेडेमी दाङले आइतबार देउखुरी लमहीमा लमही नगरपालिकाभित्र रहेको संस्थागत विद्यालयका विद्यार्थी तथा पत्रकारबीच अनुभव आदानप्रदान गरेको छ ।
एकेडेमीका डाइरेक्टर डाक्टर मदन वलीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
लमही क्षेत्रमा रहेको विद्यालयहरूको शिक्षण सिकाइ अनुभव तथा गुरूकुलको स्थापना र शिक्षण पद्धतिको बारेमा एक अर्काबीचको अनुभव आदानप्रदान गर्दै वर्तमान परिवेशमा विद्यार्थीहरूलाई कसरी जीवन पद्धति संस्कार,
प्रिया स्मृती गजमेर संस्कृति र रोजगारमूलक शिक्षा प्रदान गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको गुरूकुल एकेडेमीका कोर्डिनेटर बसन्तप्रसाद रिजालले जानकारी दिए ।
अहिलेको शिक्षा विश्व बजारमा बिक्न सक्ने गरी कसरी बालबालिकालाई प्रदान गर्न सकिन्छ भन्ने बारेमा पनि अनुभव आदानप्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाहले जीवन पद्धति संस्कार र रोजगारयुक्त शिक्षा अहिलेको आवश्यकता भएको बताउँदै विद्यार्थीहरूले सैद्धान्तिक ज्ञानसँगै जीवनोपयोगी शिक्षा भए शैक्षिक बेरोजगारको समस्या समाधान हुने बताईन् ।
कार्यक्रममा देउखुरी भ्यालिका प्रिन्सिपल विपी खनालले अन्तरविद्यालयमा रहेको अन्तरनिहीत सीप र ज्ञानहरूलाई आदानप्रदान गरी अघि बढ्न खोज्नु सुखद भएको बताए ।
कार्यक्रममा गुरूकुल एकेडेमीले अनुसन्धानात्मक, प्रयोगात्मक, खोजमूलक र ब्यक्तित्व विकाससँगै संस्कार, संस्कृति र राम्रा परम्परालाई अनुशरण गर्दै विश्व बजारमा बिक्न सक्ने गरेर विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको जानकारी गराईएको थियो । कार्यक्रममा पत्रकार लिला शाह र प्रियास्मृती गजमेरलाई सम्मान गरिएको छ ।
कार्यक्रममा स्वर्गदारी आश्रम बनगाउँ, गोरखा मोर्डन सेकेन्डरी स्कुल लमही र देउखुरी भ्याली गरी तीन विद्यालयका शिक्षक र विद्यार्थीको सहभागिता थियो । कार्यक्रमको सञ्चालन मुकुन्द गिरीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here