- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरवृत्ति मार्ग निर्देशन कार्यक्रमको तालिम

वृत्ति मार्ग निर्देशन कार्यक्रमको तालिम

- Advertisement -spot_img

घोराही, २८ पुस । घोराहीमा रहेको सरस्वती माध्यमिक विद्यालयमा वृत्ति मार्गनिर्देशन तालिम भएको छ । विद्यालयका कक्षा ९ मा पढ्ने विद्यार्थीहरूलाई आफूले जीवनमा गर्ने काम बारे विस्तृत योजना बनाउन सहयोग गर्ने उद्देश्यले वृत्ति–मार्ग निर्देशन तालिम भएको हो ।
मार्ग निर्देशक शिक्षकमार्फत कक्षा ९ पढ्ने करिव ७० जना विद्यार्थीहरूलाई दुई समूहमा विभाजन गरी ६ दिनसम्म तालिम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले जानकारी दिइन् ।
विद्यार्थीहरूलाई पहिलो चरणमा ६ दिने तालिम दिइएको र अब उनीहरूले सोही कार्ययोजनाका आधारमा कार्य गर्ने छन् । अहिले तालिम लिएका विद्यार्थीहरू १० कक्षामा पुग्दा थप एकदिनको तालिम दिने व्यवस्था गरिएको छ ।
कार्यक्रममा कक्षा ९ पढ्ने विद्यार्थीहरूलाई उनीहरूको क्षमताको पहिचान, रूचि र खुबी अनुसारको बृत्ति छनौट, बृत्ति र जागीरबारे विस्तृत जानकारी दिइएको थियो । उनीहरूले भविष्यमा रोज्य बृत्तिको योजना, नेपालको शिक्षा प्रणाली, आफ्नो बृत्ति निर्माण तथा त्यसको कार्यान्वयनका बारेमा जानकारी दिइएको प्रधानाध्यापक पौडेलले जानकारी दिइन् ।
अन्तरङ साइकोसोसल रिसर्च एण्ड टे«निङ इन्स्टिच्यूट, काठमाडौँका मनोविद् तथा कार्यक्रम निर्देशक शुष्मा रेग्मी, बृत्ति सहजकर्ता विन्दु रेग्मी, बृत्ति मार्ग निर्देशक शिक्षक हेमराज शर्मा र एञ्जिला केसीले प्रशिक्षण दिएका थिए ।
आफ्नो वृत्तिप्रति सचेत नहुँदा विद्यार्थीहरूमा थुप्रै समस्या आएपछि विद्यार्थीहरूमा वृत्तिबारे र आफूलाई उचित हुने वृत्ति पत्ता लगाई सोही बाटोमा अगाडि बढाउने उद्देश्यले बृत्ति मार्ग निर्देशन कार्यक्रम कार्यान्वयनमा ल्याएको कार्यक्रम कार्यान्वयन संस्था अन्तरङ
साइकोसोसल रिसर्च एण्ड टे«निङ इन्स्टिच्यूट, काठमाडौँका मनोविद् तथा कार्यक्रम निर्देशक शुष्मा रेग्मीले जानकारी दिइन् । दाङका पाँच सरस्वती मावि, भरतपुरसहित, गंगा मावि, मावि रझेना, महेन्द्र मावि धर्ना र मावि हापुर रतनपुरमा सञ्चालन गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here