- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरसहकारी ऐनसम्बन्धी अभिमुखीकरण

सहकारी ऐनसम्बन्धी अभिमुखीकरण

- Advertisement -spot_img

तुलसीपुर, २८ पुस । समृद्धि र विकासका लागि सहकारीको आवश्यकता एवं सहकारीसम्बन्धी बनेका ऐन कानुन विषयमा एकदिने अभिमुखीकरण तुलसीपुर उपमहानगर–पालिका वडा नम्वर ११ उरहरीमा भएको छ ।
महिलाहरूले सञ्चालन गरेको सिद्देश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड उरहरीको आयोजनामा शनिबार प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले सम्बोधन गर्दै सहकारीले आर्थिक समृद्धिमा टेवा पु¥याईरहेको बताए ।
वडा नम्वर ११ का अध्यक्ष चित्रबहादुर वलीले घरब्यवहारमै दिन बिताउने अधिकांश महिलाहरू सहकारीकर्मीको रूपमा आफूलाई विकास गराईरहेकोमा खुसी व्यक्त गरे ।
सहकारीमा आवद्ध हुँदा आर्थिक रूपमा सवल पनि हुने र विभिन्न अवसर प्राप्त हुने भएकाले सहकारीमा छुटेका महिलाहरू विशेषगरी विपन्न महिलालाई पनि आवद्ध गराउनुपर्नेमा जोड दिए । तुलसीपुर उपमहानगर–पालिकाको सहकारी शाखाका प्रमुख गिरिराज मिश्रले सहकारीको नयाँ संशोधन ऐन र निमावलीसम्बन्धी जानकारी गराएका थिए ।
सहकारीका अध्यक्ष शुष्मा शाहको अध्यक्षतामा भएको कार्यक्रममा अधिकारकर्मी शुष्मा गिरी, सचिव रमा लामिछाने, कोषाध्यक्ष निर्मला महतराले मन्तब्य व्यक्त गरेका थिए ।
अभिमुखीकरण कार्यक्रममा उक्त सहकारी सञ्चालक समिति, लेखासमिति, ऋण उप–समिति, शिक्षा समितिका गरी १ सय ३० जनाको सहभागिता थियो । सहकारीका ब्यवस्थापक सावित्रा ओलीले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here