- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरठूलो परिमाणमा घरेलु मदिरा नष्ट

ठूलो परिमाणमा घरेलु मदिरा नष्ट

- Advertisement -spot_img

सल्यान, २८ पुस । सल्यान प्रहरीले अवैध रूपमा उत्पादन भइरहेको ठूलो परिमाणमा घरेलु मदिरा नष्ट गरेको छ । आइतबार जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको करिब पाँच हजार लिटर मदिरा नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यान र ईप्रका श्रीनगरमा संकलन गरिएको मदिरा आइतबार नष्ट गरेको जिल्ला प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए । ‘घरेलु मदिरा सेवनकै कारण दैनिक दर्जनौं झगडा तथा विभिन्न खालका विकृति हुन थालेकोले जिल्लाका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको जानकारी दिए ।
उनका अनुसार सदरमुकाम खलंगासँगै शारदा नगरपालिका ३, ४ र ५ नं. वडाका विभिन्न बजारलगायतका ठाउँबाट प्रहरीले घरेलु मदिरा नियन्त्रणमा लिएको थियो ।
चाडपर्वको समयमा सल्यानमा बढी घरेलु मदिरा खपत हुने गरेको छ । त्यसैगरी ईलाका प्रहरी कार्यालय श्रीनगरले पनि करिब २ हजार २ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ ।
श्रीनगर बजार क्षेत्र, बजार क्षेत्रका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको थियो । शारदा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष नवराज बुढाथोकी, सल्यान उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष वीरबहादुर चलाउने, बजार ब्यवस्थापन समितिका अध्यक्ष हपसि भण्डारीको रोहबरमा ईलाका प्रहरी कार्यालय श्रीनगरले घरेलु मदिरा नष्ट गरिएको थियो ।
प्रहरीले विगतका वर्षमा चाडपर्वको समयमा ठूलो परिमाणमा घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गर्दै आएको छ । यसैगरी प्रहरीले विभिन्न बजार क्षेत्रमा अवैध रूपमा मदिरा उत्पादन गर्दै लुकाई राखेको अवस्थामा कच्चापदार्थ पनि नियन्त्रणमा लिएर नष्ट गरेको ईलाका प्रहरी कार्यालय श्रीनगरले जानकारी दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here