- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसम्पादकीययोगदानको सम्मान गरौं

योगदानको सम्मान गरौं

- Advertisement -spot_img

पृथ्वीनारायण शाह राष्ट्रनिर्माता हुन् । उनकै प्रयास र लगानीले नेपाल राष्ट्र निर्माण भएका हो । उनको जन्म दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा समेत मनाउँदै आएको छ । तर अहिले एकता दिवस मनाउनसमेत छोडिनु राम्रो पक्ष हैन । नेपाल अहिलेको अवस्थामा हुन्थ्यो वा हुँदैन्थ्यो ।
त्यो भन्न सक्ने अवस्था कही कतै छैन । पृथ्वीनारायण शाह राजा हुँदा एक÷एक गरेर निर्माण गरेको राष्ट्र अहिले नेपाल भनेर चिनिएको छ । एकताको सूत्रमा बाँधिएको भने सत्य हो ।
आफूले राज्य सत्ता सञ्चालन गर्ने गरेर उनले गरेका कार्य अहिले पनि उदाहणीय र महत्वपूर्ण देखिएका छन् । परिवर्तनको नाममा भएका विभिन्न परिवर्तनमूखी आन्दोलनले तिनै राष्ट्रनिर्माता एकीकरणकर्ता, राज्य एकताका महान व्यक्तिको समेत बेला–बेला अपमान गरिनु राज्यकै लागि सकारात्मक मानिदैन । राष्ट्रनिर्मातालाई राष्ट्र निर्माताकै रुपमा हेरिनुपर्छ, सम्मान गरिनुपर्छ ।
पृथ्वीनारायण शाह वि.सं. १७७९–१८३१ शाहवंशीय राजा हुन् । आफ्नो राज्य सञ्चालनको समयमा स–साना राज्यहरूमा बाँडिएका बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा स्थापित भए ।
पृथ्वीनारायण शाहले स–साना क्षेत्र जस्तै (भिरकोट, कास्की, लम्जुङ गोरखा) मा राज्य गरिरहेको शाहवंशलाई पूरै नेपालको राजवंशमा रूपान्तरण गरिदिए र आधुनिक नेपालको जग बसालेका हुन् ।
पृथ्वीनारायण शाहले सुरू गरेको एकीकरण अभियान बढ्दै गएर नेपाल राज्यको सीमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भयो । पछि नेपाल अंग्रेज युद्धपछि सुगौली सन्धिसम्म यो भू–भाग नेपाल अधिनस्थ थियो । तर केही पछि गुम्यो ।
तर राज्यले उनलाई राष्ट्रनिर्माताको रुपमा अहिले पनि खुलेर स्वीकार्न सकेको छैन । यसलाई भने सकारात्मक मान्न सकिदैन ।
राष्ट्रनिर्माताको स्मरणमा उनको जन्म दिन मानेर मनाइदै आएको पुस २७ गतेको राष्ट्रिय एकता दिवसमा समेत सरकारले यस वर्ष चासो दिएन । संघीय गणतन्त्र आउँदै गर्दा तिनकै शालिक फुटालिए । दिदै आएको एकता दिवसको सन्देश पनि हटाइएको छ ।
नेपालमा २००७ सम्म राणा शासन थियो । जब प्रजातन्त्र आयो । त्यसपछि योगी नरहरिनाथले नेपालमा राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनुपर्छ भनेर प्रकृया शुरू गरे । २००९ सालदेखि राष्ट्रिय एकता दिवस मनाउन प्रारम्भ गरिएको हो । त्यो गणतन्त्र आउनुभन्दा पहिलेसम्म निरन्तर पनि गरियो ।
अहिले पृथ्नीनारायणको योगदानको कही कतै राज्य संयन्त्रबाट चर्चा परिचर्चा गरिएन । जसले जहाँ योगदान दिएको छ । त्यसको त्यही सम्मान हुनुपर्छ, आस्था, पूर्वाग्रह, राजनीतिका नाममा कसैको योगदान भुल्नु हुँदैन ।
राष्ट्रनिर्माणका लागि शाहले गेरेको योगदानको राज्यले कदर गर्नुपर्छ । जुन राष्ट्रलाई एकता गरेर यहाँसम्म पु¥याउने व्यक्तिको कदर राष्ट्रियस्तरमै हुनुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here