- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरबजेट कम, माग धेरै

बजेट कम, माग धेरै

- Advertisement -spot_img

सिंचाई योजनामा समस्या …
दाङ, २७ पुस । दाङमा सिंचाई योजनामा किसानको माग बढी भएपनि बजेट भने कम देखिएको छ । संघअन्तर्गत रहेको बृहत् दाङ उपत्यका सिंचाई आयोजना कार्यालयका अनुसार जिल्लामा सिंचाईका लागि चालु वर्षमा ८ करोड मात्र बजेट रहेको कार्यालयका सूचना अधिकारी शान्तराज गौतमले जानकारी दिए ।
‘सिंचाईका योजनामा किसानको माग बढ्दो छ तर बजेट जिल्लामा यस वर्ष कम हुँदा समस्या भएको छ’ उनले भने– ‘कार्यालयमा विगतका वर्षमा सिंचाईका योजनामा किसानको माग कम हुँदा पनि बजेट यस वर्ष कम आएको होला तर यस वर्ष झनै बढी सिंचाईका योजना माग्नुभएको छ ।’
किसानको मागअनुसार जिल्लामा ५० करोड लाग्ने अनुमान रहेको उनले बताए । ‘डिपबोरिङ र हाइड्याम्प निर्माणका लागि झण्डै ५० करोड लाग्ने अनुमान छ’ उनले भने– ‘किसानको मागअनुसार जिल्लामा अहिले सिंचाईका लागि झण्डै ४२ करोड बजेट अपुग छ ।’
नयाँ प्रविधिमा आधारित लिफ्ट सिंचाई र पोखरी निर्माणका लागि ८ करोड बजेट रहेको कार्यालयका सूचना अधिकारी गौतमले बताए ।
‘बजेट कम विनियोजन भएपनि किसानको माग अत्याधिक भएपछि बजेट थप गरी किसानले मागेका योजना सम्बोधन गर्ने प्रयास गर्ने छौँ’ उनले भने– ‘जति माग भएको छ, त्यति नै यसै वर्ष सम्बोधन हुन्छन् भन्ने त होइन् तर जतिसक्दो धेरै योजना सम्पन्न गर्ने प्रयासमा छौँ ।’
दाङमा उपत्यकामा पोखरी र लिफ्ट सिंचाईका लागि १ सय ७२ वटा निवदेन परेको उनले बताए । ‘नयाँ प्रविधिमा आधारित लिफ्ट सिंचाईका लागि ९१, पोखरी निर्माणका लागि ८१ वटा योजना किसानले माग गर्नुभएको छ’ उनले भने– ‘विगतको भन्दै झण्डै दोब्बर योजना माग गरिएको छ ।’
नयाँ प्रविधिमा आधारित लिफ्ट सिंचाईका ११ वटा योजना निर्माण सम्पन्न भएका छन् । लिफ्ट सिंचाईका ११ वटा योजना निर्माणाधिन र २३ वटा योजना सर्वे भइसकेको उनले बताए ।
‘पोखरीमा भन्दा किसानको माग लिफ्ट सिंचाई योजनामा बढी छ’ उनले भने– ‘किसानका मागलाई मध्यनजर गरी योजना निर्माणका लागि बजेटका लागि पनि समन्वय भइरहेको छ ।’
यस्तै पोखरी निर्माणका लागि ८१ वटा योजना माग गरिएकोमा पोखरीका २२ योजना सम्पन्न भएका छन् भने ३ वटा सर्वे र १ वटा निर्माणाधिन रहेको सूचना अधिकारी गौतमले जानकारी दिए ।
‘दाङ कृषिको उर्वरभूमि भएपनि अधिकांश भू–भाग सिंचाई अभावमा रहेको छ’ उनले भने– ‘जिल्लामा करिब ५६ हजार हेक्टर जमिनमा सिंचाईको माग छ ।’
बाँझो रहने जमिनलाई सिंचाई सुविधा पु¥याउनका लागि किसानले योजना माग्ने क्रम बढेको हो । बेमौसमी तरकारी खेती उत्पादनदेखि अन्नबाली उत्पादनका लागि जिल्लामा सिंचाई योजनामा किसानको माग बढ्दो रहेको बृहत् दाङ उपत्यका सिंचाई आयोजना कार्यालयका सूचना अधिकारी गौतमले जानकारी दिए ।
‘लिफ्ट सिंचाई र पोखरी ड्याम निर्माणका लागि किसानको माग बढ्दै गएको छ’ उनले भने– ‘बृहत दाङ उपत्यका सिंचाई आयोजना कार्यालयको बारेमा जानकारी थाहा पाउँदै जान थालेपछि किसानले सिंचाई योजनाको निवेदन दिन थालेका छन् ।’
सरकारले दाङ उपत्यकामा बाँझो रहेको जग्गालाई सिंचाई सुविधा लागि बृहत् दाङ उपत्यका सिंचाई आयोजना कार्यालय स्थापना गरेको हो । दुई वर्ष अघि कार्यालय स्थापना भएपनि पछिल्लो समयमा मात्रै किसानले सिंचाईका योजनामा माग गर्न थालेका हुन् ।
‘नयाँ प्रविधिमा आधारित लिफ्ट सिंचाई र पोखरीका लागि ड्याम निर्माण गर्नका लागि जनताले ५ देखि १० प्रतिशत लगानी गर्नुपर्छ’ उनले भने– ‘किसान आफूले पनि लगानी गरेपछि योजनाको संरक्षणमा सहयोग पुग्छ,
त्यसैकारण सरकारले जनताले ५ देखि १० प्रतिशतसम्म लगानी गर्नुपर्छ ।’ कार्यालयले दाङ उपत्यका सिंचाइका लागि माडी डाइभर्सनको विस्तृत अध्ययन परियोजना (डिपिआर) तयार गर्ने काम गरिरहेको सूचना अधिकारी गौतमले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here