- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरजेसिजको पदभार ग्रहण

जेसिजको पदभार ग्रहण

- Advertisement -spot_img

तुलसीपुर, २७ पुस । तुलसीपुर नगर जेसिजका नयाँ पदाधिकारीले पदभार ग्रहण गरेका छन् । जेसिजले शनिबार एक कार्यक्रमको आयोजना गरी वर्ष २०२० का नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण गरेको हो ।
तुलसीपुर नगर जेसिज वर्ष २०१९ का अध्यक्ष मेघराज घिमिरेले नवनिर्वाचित अध्यक्ष मोहन सुनारलाई पद हस्तान्तरण गरेका हुन् ।
वर्ष २०२० का अध्यक्ष सुनारसहित कार्यकारिणी उपाध्यक्ष पूर्णविक्रम भण्डारी र एकराज भण्डारी, महासचिव केशवराज केसी, कोषाध्यक्ष कमलप्रकाश शर्मा, उपाध्यक्ष बसन्त भण्डारी, मदन गौतम, मेघराज पोखरेल र कृष्णप्रसाद पोखरेल, सचिव छबिकुमार वलीले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणपछि अध्यक्ष सुनारले कानुनी सल्लाहकारमा नेत्रलाल भट्टराई, जनसम्पर्क अधिकारी भुवन वली, प्रवक्ता शरद देवकोटालाई मनोनयन गरेका छन् । उनले वर्ष २०१९ अपूरा रहेका कामलाई पूर्णता दिनुका साथै युवालाई सशक्त बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले संस्थाका सदस्यलाई व्यवसाय तथा आयमूलक उत्पादनमा जोड्न बहुउद्देश्यीय सहकारी संस्थाको अवधारणालई अघि सारेका छन् । त्यसैगरी उपमहानगरपालिका १९ वटै वडामा लागूऔषध,
साइबर क्राइमलगायतका विभिन्न किसिमका सचेतनामूलक कार्यक्रम, सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा विपन्न वर्गका बालबालिकालाई अक्षयकोष दाताले जम्मा गरेको र विभिन्न निकायसँग समन्वय गरी छात्रवृत्ति प्रदान गर्ने योजना अघि सारिएको छ ।
त्यसैगरी अपाङ्ग, अशक्त व्यक्तिहरूका लागि राहतमूलक कार्य गर्ने, १८ वर्षभन्दा मूनिका बालबालिकाको समूह गठन गरी जुनियर जेसिज गठन गर्ने, उपमहानगरपालिकामा स्पोर्टस् सिटीको रूपमा विकास गर्न विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्नेलगायतका कार्यक्रम वर्ष २०२० को समितिले अघि सारेको छ ।
वर्ष २०१९ का अध्यक्ष मेघराज घिमिरेको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष अशोक शंकरको प्रमुख आतिथ्यतामा आठौँ पद हस्तान्तरण कार्यक्रम भएको हो ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष शंकरले युवालाई व्यक्तित्वसँगै नेतृत्व विकास गराउन जेसिजको स्थापना भएको बताए । उनले अहिले युवाको व्यक्तित्व विकास र नेतृत्व विकासले नै देशको विकास निर्माण हुने भन्दै जतिसक्दो युवालाई जेसिजबाट सशक्त बनाउने अभियान रहेको बताए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष घिमिरेले आफूले वर्ष २०१९ मा तुलसीपुर नगर जेसिजको जग्गा खरिदसँगै भवनको शुरूवात गर्न सफल भएको बताए । ‘गरेका प्रतिवद्धता केही भएपनि पूरा गर्न सफल भएका छौँ’ उनले भने– ‘मेरो प्रतिवद्धता पूरा गर्ने अभियानमा साथ दिने सबैलाई धन्यवाद दिन चाहन्छु ।’
तुलसीपुर नगर जेसिजको शनिबार आठौँ पदभार कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । चूडामणि कडेल, पूर्णबहादुर डाँगी, नारायणप्रसाद भट्टराई, सूर्यप्रसाद शर्मा, अमर खनाल, दिपक बोहरा, विष्णुप्रसाद देवकोटा लगायतलाई प्रमाणपत्रले सम्मान गरिएको हो ।

महिला जेसिजमा पद हस्तान्तरण

दाङ महिला जेसिजले पद हस्तान्तरण गरेको छ । महिला जेसिजको यो ११औँ पद हस्तान्तरण हो । दाङ महिला जेसिजकी वर्ष २०१९ की अध्यक्ष रेखा शर्माले २०२० की अध्यक्ष जीवा भुसाललाई पद हस्तान्तरण गरेकी हुन् ।
२०२०का लागि कार्यकारिणी उपाध्यक्ष अनिता ढाकाल र नारायणी भणडारी, उपाध्यक्षमा शर्मिला भण्डारी र बसन्ता भण्डारी, सुजन पौडेल, सिन्धु रिजाल, सहसचिव नोमिका चौधरीलाई निर्वाचन अधिकारी डोमा पाण्डेले घोषणा गरेकी थिईन् ।
पद हस्तान्तरण गरिसकेपछि २०२० की अध्यक्ष भुसालले महासचिवमा संगीता भण्डारीलाई मनोनयन गरेकी हुन् । त्यसैगरी कोषाध्यक्षमा शारदा शर्मा, जनसम्पर्क अधिकारीमा नमा शर्मा, कानुनी सल्लाहकारमा ममता विष्ट,
शाखा सम्पादकमा सुनिता थापा, तालिम निर्देशक जुनुकुमारी बुढा, प्रकरण निर्देशनमा बसन्ता सुवेदी, कोष बृद्धि सभापतिमा अञ्जना मल्ल, सदस्यता बृद्धि सभापतिमा सुनिता अधिकारी, भिजिट नेपाल २०२० संयोजकमा सरस्वती चौधरीलाई मनोनयन गरेकी हुन् ।
नव अध्यक्ष भुसालले महिलाको हरेक क्षेत्रमा नेतृत्व विकास गर्नको लागि आफू लागि पर्ने प्रतिवद्धता व्यक्त गरेकी थिईन् । महिलाहरूको नेतृत्व व्यक्ति विकास र सामाजिक उत्तरदायित्वमा सक्रिय हुने उनले बताइन् ।
महिला जेसिज दाङकी निवर्तमान अध्यक्ष रेखा शर्माको अध्यक्षतामा भएको पद हस्तान्तरण सभाका प्रमुख अतिथि अशोक शंकरले जेसिजमा आवद्धहरूमा अन्तर्राष्ट्रियस्तरमा पनि अवसर रहेकाले त्यही अनुसारको व्यक्तित्व नेतृत्वको विकास गर्न सुझाव दिएका थिए ।
उनले समयसापेक्ष अनुसारका सामाजिक कार्यहरूमा आफ्नो नेतृत्व गर्न अनुरोध गरे । महिला जेसिजका आगामी योजनामध्ये भिजिट नेपाल २०२० लाई लक्षित गरिएको कार्यक्रम प्रशंसनीय योग्य रहेको भन्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण महासचिव अनिता ढकालले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here