Friday, April 19, 2024
Homeफिचरपृथ्वीजयन्ती र एकता दिवस

पृथ्वीजयन्ती र एकता दिवस

- Advertisement -spot_img

पुस २७ गते पृथ्वीनारायण शाहको जन्मदिन आयो कि प्रत्येक वर्ष, कोही उनको पक्ष र कोही उनको विपक्षमा एकपक्षीय कुरा गर्छन् । यी दुई पक्ष–विपक्षका कुराहरू नेपाली राष्ट्रियता र समावेशी संस्कारको सन्दर्भमा बडो संवेदनशील चर्चा भएको हुन्छ ।
पृथ्वीनारायण शाहका पक्षधरहरूले उनलाई र उनको कार्यलाई राष्ट्रिय एकीकरणकर्ता र राष्ट्रिय एकीकरणको काम भन्ने गर्छन् । भने उनको विपक्षमा कुरा गर्नेहरूले पृथ्वीनारायणले गोर्खा राज्यको विस्तार गरेको मात्र हो, राष्ट्रिय एकीकरण गरेको होइन भन्छन् ।
अझ भनौँ भने पूर्वाग्रहबाट प्रेरित भई इतिहासको सत्यतथ्यलाई समेत ओझेलमा पारेर वा अतिरञ्जित गरेर आ–आफ्ना तर्कहरू प्रस्तुत गर्छन् । जसले गर्दा पृथ्वीनारायण शाह र उनको कार्यको कुरालाई यथार्थमा बुझ्न अलमल पर्छन् र बुझे पनि भ्रममा पर्छन् ।
तर पनि यो वर्ष नेपाली सेनाले पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्ने क्रममा प्रयोग गरेको पदमार्गको पहिचानका लागि गोरखाबाट काठमाडौँसम्म एकीकरण टर्च पदयात्रा गरेको छ ।
‘युनिफिकेसन ट्रेल’ का रूपमा सो मार्गलाई विकास गर्ने भन्दै सेनाले पदयात्रा गरेको हो । यही पुस १८ गते गोरखा दरबारको हनुमान चौतारीबाट नेपाली सेनाको टोली पदयात्रामा निस्किएको थियो ।
गोरखाबाट टर्च र नेपालको झण्डा बोकेर पृथ्वीनारायण शाहको पालामा स्थापना भएका नेपाली सेनाका पाँच कम्पनीहरू श्रीनाथ गण, कालीबक्स गण, पुरानो गोरख गण, वर्दवाणी र सबुद गणको झण्डासहित करिब ४० जनाको सैनिक टोली पदयात्रामा निस्किएको थियो ।
टोलीमा गोरखा दरबारमा राखिएको गुरूजी पल्टनका दशजना सैनिकहरू परम्परागत पोशाकमा गोरखा दरबारको हनुमान चौतारीबाट पिपलथोक, ताप्ले, अश्राङ, घाटबेंसी हुँदै बोर्लाङ्गघाट पुगी धादिङ जिल्ला प्रवेश गरेका थिए ।
गोरखा जिल्लाको भ्रमण सकिएपछि धादिङको देवीदत्त गणलाई ‘एकीकरण टर्च’ हस्तान्तरण गर्दै सल्यानटारबाट देवीदत्त गणले धादिङको सल्यानटारको कोषढुङ्गाबाट सुरू गरेको पदयात्रा रानीपौवा, कालोढुङ्गा, खहरे, चरङ्गे पौवा, चरङ्गे, कटुन्जे, पन्ध्रकोषे, थर्पु हुँदै भ¥याङभुरूङसम्मको करिब ३५ किलोमिटर दूरी पार गरी नुवाकोट प्रवेश गरेको थियो ।

सन्दर्भः २९७औं पृथ्वीजयन्ती


धादिङको टोलीले पदयात्राको टर्च र नेपालको झण्डा नुवाकोटको जवरजङ्ग गणलाई हस्तान्तरण गरेको थियो । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो हुँदै यात्रा गरेको नेपाली सेनाको ‘एकीकरण टर्चर्’
पदयात्रा नुवाकोटको विदुर नगरपालिकादेखि गेर्खुबाट केउरिनी चौतारो हुँदै नुवाकोटस्थित पृथ्वीनारायण शाहले नै निर्माण गर्न लगाएको साततले दरबार परिसरमा विशेष कार्यक्रम सम्पन्न गरी धरमपानी,
शेरास्थित रानीको दरबार, बरबन्दी, चतुराले, ककनी हुदैँ काठमाडौँ प्रवेश गरी सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकसम्म पुगी त्यहाँ विशेष कार्यक्रम गरेर पदयात्राको समापन हुने भएको छ ।
यो बर्ष २ सय ९७ औं जन्मजयन्ती मनाउँदै गर्दा उनको भूमिका र सम्मानको विषयमा फेरी बहस सुरू हुन थालेको छ । पृथ्वीनारायण शाहको जन्मजयन्ती पुस २७ मा सरकारले दिँदै आएको सार्वजनिक बिदा गणतन्त्र स्थापनापछि कटौतीमा परेको छ । यो बिदा कटौती भएपछि उनको योगदानलाई सम्मान गर्ने कि नगर्ने भन्ने विषयमा बहस सुरू भएको हो ।
दोस्रो जनआन्दोलनपछि मुलुकमा पृथ्वीनारायण शाहका सालिक र मूर्ति तोडफोड भए । मुलुक गणतन्त्रमा पुगेपछि भने शाहप्रति दुईथरी विचार सतहमा नै देखिएको छ । एकथरी भन्छन् उनी मुलुक एकीकरण गरेर आफूलाई राष्ट्रनिर्माता बन्न सफल भएभने अर्कोथरीले उनलाई पहिचान विरोधी तानाशाहको रूपमा चित्रित गरेका छन् ।
पृथ्वीनारायण शाहले नै आधुनिक नेपालको खाका कोरेका हुन् । स–साना बाइसे र चौबिसे राज्यहरूमा छरिएको भूभागलाई सिङ्गो नेपाल बनाएको श्रेय इतिहासले यिनैलाई दिएकोे छ ।
पृथ्वीनारायण शाहको पालामा हालको भारत अधिन रहेको तत्कालिन पञ्जावदेखि सिक्किमसम्म नेपाली भूभाग रहेको र आजको वर्तमान नेपालभन्दा विशाल नेपाल उतिबेला रहेको थियो । पृथ्वीनारायण शाहका सालिकहरू नेपालका धेरै शहरहरू अनि चोकहरूमा छन् ।
प्रायः चोर औंला माथि उठाएर उभिएका स्वरूपमा देखिने यिनको सालिक तथा तस्विरले नेपालीजनलाई सदैव एकताको शिक्षा दिईरहेको छ र दिइरहने छ ।
काठमाडौँ र गोरखाबीचमा पर्ने नुवाकोट भूभागलाई जितेर काठमाडौँ छिरेका यिनले काठमाडौँको चन्द्रागिरी डाँडाबाट जब उपत्यकालाई नियाले त्यो सौन्दर्यताले पृथ्वीनारायण शाहलाई लालाहित बनाएको थियो । रणकौशलमा कुशल यी राजाले छापामारशैली अनि रणनीतीहरू लगाएर क्रमशः काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुर र अन्य भूभागहरू जितेका हुन् ।
भक्तपुरको राजपरिवारसँग मितेरी साईनो गाँसेर पनि आक्रमण गरी विजय प्राप्त गरेकाले अवसरवादीको आरोप पृथ्वीनारायण शाहमाथि लागेको छ । तैपनि राजनीति र युद्धको आधारभूत संरचनामा समबन्धभन्दा पनि राष्ट्रियताले निर्देशित राष्ट्रसेवक र योद्धाका रूपमा सदैव नेपाली हृदयमा रहनेछन् ।
युद्धका क्रममा धेरै पटकको पराजयपछि विजय भएकोमा रिसले कीर्तिपुरबासीका नाक कान काटिदिने आदेश दिएका पृथ्वीनारायण शाहको आजसम्म पनि कीर्तिपुरबासीहरूले पुराना क्रुरताका कथाहरू भन्दछन् ।
विगत नै वर्तमानको आधार हो । तर गणतन्त्रवाद आत्मसात् गर्ने कतिपय मानिस विगतलाई स्वीकार्न तत्पर छैनन् । यसले गर्दा पनि राष्ट्रिय एकता दिवस मनाउन राज्यले कज्युस्याईं गरिरहेको थियो ।
धेरैको मनमा यो पनि छ, एकता दिवस र पृथ्वीजयन्ती मनाउनु भनेको शाहवंश वा राजतन्त्रलाई प्रवद्र्धन गर्नु हो । दिवस र जयन्ती मनाउने सन्दर्भलाई शाहवंशको जगेर्ना र राजतन्त्र फर्काउनेसँग जोड्नु गलत बुझाइ हो ।
पृथ्वीनारायण शाह नेपाल र नेपालीहरूका गौरव हुन् । विशाल नेपाललाई उनले एकीकरण गरेर यसक्षेत्रका स–साना हिन्दू राज्यहरूको अस्मिता जोगाए ।
अहिले हामी नेपाली भएको र नेपाल सार्वभौम राष्ट्र भएको जुन गर्व गर्छाैं त्यो पृथ्वीनारायण शाहकै देन हो । नेपालमा समावेशी राजनीतिक, सामाजिक र साँस्कृतिक चेत जगाउने समयसापेक्ष दृष्टिकोण उनैले उत्तिबेलै प्रक्षेपण गरेका थिए ।
समय बदलियो, राजनीतिक सन्दर्भ बदलिए, सत्तामा पुग्नेहरू, शक्तिमा रम्नेहरूको अनुहार बदलियो । योसँगै नेपालको एकीकरणको आधार भत्काउने काम भए, राष्ट्रिय एकता छिन्नभिन्न पार्ने काम भए ।

सबैलाई आ–आफ्नै अधिकार चाहिएको छ । समग्र मुलुकको अस्तित्वसँग कसैले पनि आफूलाई जोड्न चाहेका छैनन् । भाषा, संस्कृति, भेषभूषा जेजस्तो भए पनि हामी नेपाली हौं भन्ने भावनाको विकास हुन सकेको छैन । पहिला नेपाली हुने कि मधेसी वा तराईबासी हुने ? नेपाली भएर मात्र हिन्दू, मुसलमान, इसाई, ब्राह्मण, क्षेत्री, दलित, जनजाति, मधेसी, सबै रहने हो । नेपालै नरहे त्यो अस्तित्व कहाँ गएर खोज्ने ?

यसको सुरूवात पृथ्वीनारायण शाहको सालिक भत्काउने, उनको जन्मोत्सव नमनाउने, उनलाई राजतन्त्रको जननीका रूपमा अपव्याख्या गर्दै उनले नेपाल राष्ट्र बनाउन र नेपाली जनतालाई एकताको सूत्रमा बाँध्न निर्वाह गरेको भूमिकाको अपव्याख्या गर्दै घृणा पैदा गराउने काम राजनीतिक तहबाट भयो ।
यसैको प्रतिफल हो– नेपालमा अहिले उत्पन्न जटिल परिस्थिति, राष्ट्रिय भावना मर्दै गएको दुर्दान्त स्थिति, जातीय सद्भाव बिथोलिएको परिस्थितिभन्दा पनि हुन्छ ।
इतिहासको अर्काे पाटो के छ ? भने लिच्छवीकालमा नेपाल विशाल थियो । मध्यकालमा आएर विशाल नेपाल खण्डित हुँदै गयो र कमजोर भयो । यो भूखण्ड बाइसे–चौबिसे राज्यमा विभक्त हुनपुग्यो । तर पृथ्वीनारायण शाहले नेपाल रक्षाको आत्मबोध गरी विखण्डित नेपालको पुनः एकीकरण गरे ।
एसियाकै पहिलो स्वतन्त्र राष्ट्रका रूपमा यो देशको अस्मिता जोगाए । विगतमा पृथ्वीनारायण शाहले विच्छिन्न नेपाललाई एकीकृत गरेर यो देशको स्वतन्त्र अस्तित्व जोगाएका थिए ।
सो कठिन सत्कार्यका लागि जनताको साथ लिएका थिए । उनको दूरदृष्टि र आत्मबललाई जनताले साथ दिएका थिए । सानो गोर्खा राज्यबाट विशाल नेपालको पुनः एकीकरण त्यसैको परिणाम थियो ।
यतिखेर नेपालमा राष्ट्रियताको विषय दलअनुसारको फरक र राजनीतिक स्वार्थसँग जोड्ने गरेको छ । नेपालमा राष्ट्रियता बचाउने आन्दोलनले मूर्तरूप लिनै पाएकै छैन । अहिले राष्ट्रिय एकता खलबलिएको अवस्था छ ।
नेपालको भूखण्ड नै विभाजन गर्ने षड्यन्त्र मच्चिएको छ । देशी–विदेशी शक्तिको षड्यन्त्रको शिकार भएका राजनीतिक दलका नेताहरूले यो विषयलाई जसरी राजनीतिक स्वार्थमा घोलियो त्यसले मुलुकलाई छिन्नभिन्न पार्ने खतराहरू कायमै छन् । सबैलाई आ–आफ्नै अधिकार चाहिएको छ ।
समग्र मुलुकको अस्तित्वसँग कसैले पनि आफूलाई जोड्न चाहेका छैनन् । भाषा, संस्कृति, भेषभूषा जेजस्तो भए पनि हामी नेपाली हौं भन्ने भावनाको विकास हुन सकेको छैन ।
पहिला नेपाली हुने कि मधेसी वा तराईबासी हुने ? नेपाली भएर मात्र हिन्दू, मुसलमान, इसाई, ब्राह्मण, क्षेत्री, दलित, जनजाति, मधेसी, सबै रहने हो । नेपालै नरहे त्यो अस्तित्व कहाँ गएर खोज्ने ?
मुलुकभित्र हरेक जातजातिबीच रहेको सौहार्दपूर्ण सम्बन्ध कटुतामा परिणत भैरहेको बेला विदेशीले चलखेल गरिरहेका छन् । सीमा मिच्नेक्रम रोकिएको छैन । राजनीतिक हस्तक्षेपको त कुरै नगरौं । सत्तामा बस्दा विदेशी हस्तक्षेपलाई सहयोग ठान्नेहरू विपक्षमा बस्दा त्यसलाई हस्तक्षेप नै हो भन्ने गर्दछन् ।
सत्तामा रहँदा र नरहँदा राष्ट्रियताको विषय नै फरक हुने गरेको छ । मुलुक संगीन परिस्थितिमा पुगिरहेका बेला राष्ट्रिय एकताका सूत्रधार पृथ्वीनारायण शाहको स्मरण गर्नु हरेक नेपालीको कर्तव्य हो ।
छिन्नभिन्न रहेको नेपाललाई एकीकृत गरी बेलायती साम्राज्यवादबाट बचाएको नेपालको इतिहासको अर्काे पाटो के छ भने पन्ध्र सय वर्ष अगाडि पनि विशाल नेपाल थियो । समयक्रममा विशाल नेपाल खण्डित हुँदै गयो र कमजोर भयो ।
यो भूखण्ड बाइसे–चौबिसे राज्यमा विभक्त हुनपुग्यो । तर पृथ्वीनारायण शाहले नेपाल रक्षाको आत्मबोध गरी विखण्डित नेपालको पुनः एकीकरण गरे एसियाकै पहिलो स्वतन्त्र राष्ट्रका रूपमा यो देशको अस्मिता जोगाएका हुन् ।
नेपालको राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकता जोखिममा पर्दै गएको चिन्ता अहिले सर्वत्र जागेको छ । यस्तो चिन्ता उत्पन्न हुनुको पछाडि नेपालका सत्ताप्रतिको मोह राजनीतिक नेताहरूको आन्तरिक राजनीतिक समस्याको निराकरण र परिवर्तनका लागि बाहिरी शक्तिलाई गुहार्ने परनिर्भरतावादी सोच नै प्रमुख कारण छ ।
केही समयदेखि पृथ्वीनारायण शाहलाई राज्यले बिर्सिएको थियो । तर जनस्तरमा उनलाई बिर्सिने काम भएको थिएन । जनयुद्धको दशवर्षे कालखण्डमा तत्कालीन माओवादीले नुवाकोटको देवीघाटमा रहेको पृथ्वीनारायण शाहको शालिकमाथि तोडफोड र बम हान्नेसमेत काम ग¥यो,
गोरखामा पनि यस्तै काम भए तर ती भत्काइएका शालिकहरू आज पुनः ठडिएका छन् । राज्यले पुनर्निर्माण नगरे पनि जनस्तरबाटै उनीप्रति भावपूर्ण आस्था राख्नेहरूको कमी थिएन । यस्तै राजनीतिकस्तरमा एउटा तत्वले बिर्सिए पनि अन्य धेरै पक्षले सम्झिरहेकै थिए ।
पछिल्लो समय पृथ्वीनारायणप्रति पूर्वाग्रह राखेर आफ्नो राजनीतिक जीविका चलाउने संस्कार नेपाली नेतामा विकसित भएको थियो ।
नेपाल र नेपालीका लागि आजीवन संघर्ष र बलिदान गर्ने राजा पृथ्वीनारायण शाहलाई अपमानित बनाइएको थियो । विदेशी आईएनजीओ र पादरी कर्क प्याट्रिकहरूले लेखेका अनि लगाएका झूटा आरोपहरूलाई तथ्य मानेर पृथ्वीनारायण शाहले कीर्तिपुरका जनताको धार्नीका धार्नी नाक कान काट्यो रे !
भन्नेहरू आज देशका सत्तामा रहेका छन् । जबकी त्यतिका धार्नी नाक कान हुन पुग्नुपर्ने जनताको संख्या नै त्यतिबेला कीर्तिपुरमा नभएको विद्वान्हरूको भनाइ छ ।
विद्वान् एवं प्राचीन संस्कृति र इतिहासका अध्येता डा. रामेश ढुंगेल भन्छन्– पृथ्वीनारायण शाहको राष्ट्रनिर्माण अभियानलाई साम्राज्यवादी राज्य विस्तारका रूपमा एकात्मक ढोल पिट्नु र चित्रण गर्नु अन्यायपूर्ण हुन्छ ।
उनका अनुसार तात्कालिक परिवेश, उनका नीति तथा क्रियाकलापले गर्दा पृथ्वीनारायण शाह एउटा राजा मात्र नभई राष्ट्रनिर्माता तथा भविष्यद्रष्टा युग पुरूषका रूपमा देखिन्छन् ।
पृथ्वीनारायणकालीन समाज आजभन्दा झण्डै तीन सय वर्षअघिको हो । त्यतिबेलाको अविकसित कालखण्डमा पनि एकताको आह्वान गर्दै आजको नेपालको परिकल्पना गरेर त्यसलाई कार्यान्वयन गर्ने सोच र व्यवहारकै उपज आज हामी आफूलाई नेपाली भनेर गर्व गरिरहेका छौँ । उनको उल्लेखनीय योगदानले नै आजको नेपालको सिर्जना भएको हो ।
भुरेटाकुरे राज्यलाई विस्तार गरेर अंग्रेजी साम्राज्यको अगाडि कहिल्यै घुँडा नटेकेका पृथ्वीनारायणको साहस नै आजको नेपाली राष्ट्रियता र विश्वमानचित्रमा कोरिएको नेपालको सगौरव नक्साको परिचायक हो ।
जहिल्यै पनि राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो देख्ने राज्य व्यवस्था मात्रै जनताको लागि उपयुक्त शासन पद्धति हुन्छ । पृथ्वीनारायण शाहले उठाएको भाला तरवारलाई काँग्रेसले प्रजातन्त्रअघि उठाएको हतियार र तत्कालीन माओवादीले दशवर्षसम्म गणतन्त्रका लागि मच्चाएको नरसंहारसँग कुनै पनि हालतमा तुलना गर्नै मिल्दैन ।
पृथ्वीनारायण शाहको गोरखाका राजा नरभूपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए । वि.सं. १७७९ मा यिनको जन्म भएको थियो ।
वि.सं. १७९९ मा नरभूपालको मृत्युपछि २० वर्षको उमेरमा पृथ्वीनारायण शाह गोरखाका राजा भएका थिए । यिनले नै साना–साना राज्यहरूमा विभाजित नेपाललाई एकीकृत गर्न शुरू गरे ।
हुन त पृथ्वीनारायण शाह अगाडि पनि उपत्यकाका राजा यक्ष मल्ल पाल्पाका राजा मणीमकुन्द सेन तथा जुम्लाका राजा जितारी मल्लका पालमा एकीकरण भएको थियो तर एकीकृत नेपाललाई ती राजाहरूले लामो समय बचाइ राख्न सकेनन् । ती राजाले एकीकृत भएको राज्य आफ्ना भाइ, छोराहरूमा आफ्नै जीवनकालका बाँडेर थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here