Friday, January 24, 2025
Homebreaking-newsव्यवसायीक फर्म दर्तामा स्थानीय सरकारको राजस्व छली

व्यवसायीक फर्म दर्तामा स्थानीय सरकारको राजस्व छली

- Advertisement -spot_img

दाङ, १८ पुस । कानुनतः व्यवसायिक फर्म स्थानीय सरकार (तह) मा दर्ता हुनुपर्छ । स्थानीय सरकारमा दर्ता हुनुपर्ने व्यवसायीक फर्म दर्तामा समेत स्थानीय सरकारहरूले राजनीति गर्ने गरेका छन् ।
उद्योग वाणिज्य संघको निर्वाचनमा कसरी आफू निकटस्थको प्रभाव कायम गर्न सकिन्छ भन्ने मनसायका साथ स्थानीय तह समेतले फर्जी व्यक्तिहरूलाई व्यवसायी बनाएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर २ को व्यवसायीक फर्म दर्तामा अहिले यही अवस्थामा देखिएको छ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष बसन्त जोशी र वाणिज्य उपाध्यक्ष टंकसिंह बुढाथोकी घोराही उपमहानगर वडा नम्बर २ को वडा कार्यालयमा व्यवसायीक फर्म दर्तामा भएको अनियमितता बुभ्mन बिहीबार अपराह्न पुगे । उद्योग वाणिज्य संघका उपाध्यक्षद्वय जोशी र बुढाथोकीले वडा कार्यालयमा दर्ता भएका व्यवसायीक फर्महरूको बारेमा जानकारी लिन खोजे ।
वडा अध्यक्षबाट सहज र उपयुक्त जवाफसमेत पाएनन् । तर वडा अध्यक्ष केशव आचार्यले ठाडो जवाफ दिए अदालतमा मुद्दा हाल्नुस् म त्यही जवाफ दिन तयार छु ।’ वडा अध्यक्षको ठाडो जवाफले चकित बनेका उपाध्यक्षद्वयले शालिनतापूर्वक सोधे व्यवसायीक फर्म दर्ता भएको प्रक्रिया के हो जान्न पाउछौँ की ?’
वडा अध्यक्ष आचार्य अझै शालिन बनेनन् । उनले भने ‘मलाई पनि अदालतमा गएर प्रमाण पेश गरेर चर्चित हुन मन छ ।’ व्यवसायीक फर्म दर्ता प्रक्रियाबारे एक–एक प्रमाणसहित पुगेका उद्योग उपाध्यक्ष जोशीले आफ्नो प्रमाणसहित व्यवसायीक फर्म दर्ताको हिसाब किताब जब खोजे, तब वडा अध्यक्षको आक्रोस सेलाएर गयो भने वडा सचिव नारायणप्रसाद आचार्य निशब्द बने ।
असोज २७ गते घोराही उपमहानगरपालिकाबाट लगेको ३७ सय १ देखि ३७ सय ५० नम्बरको रसिद भएको ठेली भदौको अन्तिम साताको मितिमा कसरी काटियो ?’ उद्योग उपाध्यक्ष जोशीले भने जोशीले उधारो रसिद कसरी काट्न मिल्ने भन्दै त्यसको अभिलेखसमेत माग गरे ।
व्यवसाय दर्ताका लागि व्यवसायीहरूले माग गरेको निवेदन खोई ?’ उनले प्रश्न गरे । वडाले त्यो विवरणसमेत दिन सकेन । वडा अध्यक्ष आचार्यले यसको दोषरोपण वडा सचिवलाई गर्न खोजे ।
उनकै निर्देशनमा आएका वडा सचिवले केही जवाफ दिन सकेनन् । यहाँसम्मकी उक्त वडाले रसिद ठेली नभएको भन्दै भदौ २६ गते वडा कार्यपालिकाको बैठकले उपमहानगरबाट रसिद लिएर पुरानै मिति (भदौ अन्तिम सातासम्मको) मा रसिद काट्ने निर्णय गरेको थियो । जबकी त्यो बेलमा उक्त वडाले ७ सय १ देखि ७ सय ५० नम्बरको रसिद ठेली चलाईरहेको थियो ।
वडा कार्यपालिकाको निर्णय मान्न तयार छु, तर रसिद नभएको भनेर निर्णय गर्दै गरेका बेला उपमहानगरपालिकाबाटै ल्याईएको ठेली यो वडाले कसरी चलायो ?’ उद्योग उपाध्यक्ष जोशीले प्रश्न गरे, यसमा अनियमितता भएको होइन र ?’
यसअघि ठेली नै नभएको भनेर जवाफ दिएका सचिवले जोशीको यो प्रश्नपश्चात् भने एउटामात्र ठेली लिएका हौँ ।’ जोशीको यो प्रश्नपश्चात् वडाको कमजोरी महसुस गरेका वडा अध्यक्ष आचार्यले कुनै गल्ती भएको भए सच्याएर अगाडि बढ्ने र त्यसका लागि अभियान थालनी गर्न उद्योग वाणिज्य संघलाई अनुरोध गरेका थिए ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको अधिवेशनलाई प्रभावित पार्नका लागि स्थानीय सरकार स्वयम् गैर व्यवसायीहरूलाई समेत आधिकारिक व्यवसायी बनाउनतर्फ उद्धत देखिएका छन् ।
तथापि उनीहरूले व्यवसायीहरूलाई मात्रै व्यवसायीक करको दायरामा ल्याएको दाबी गर्छन् । उद्योग वाणिज्य संघका उपाध्यक्षद्वय जोशी र बुढाथोकीले उद्योग वाणिज्य संघको अधिवेशनलाई प्रभावित पार्न स्थानीय सरकार सक्रिय रहेको भन्दै यसको अनुगमनमा सक्रिय बनेका छन् ।
घोराही उपमहानगरपालिका वडा नम्बर २ जस्तै अन्य वडाहरूले समेत राजस्व छली गरी व्यवसाय दर्ता गरिएको समेत प्रमाण फेला परेको वाणिज्य उपाध्यक्ष टंकसिंह बुढाथोकीले जानकारी दिए ।
स्थानीय सरकारले यो चलखेल भदौ अन्तिमसम्म गरेका छन् । असोज १ गतेदेखि भने आन्तरिक राजस्व कार्यालयको प्रमाणपत्र (पान) अनिवार्य गरेको छ । अब भने राजस्व कार्यालयको प्रमाणपत्र (पान)को आधारमा मात्रै उद्योग वाणिज्य संघको सदस्य बन्न पाउनेछन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here