Friday, April 26, 2024
Homebreaking-newsराप्ती लाईफमा एनआईसियु

राप्ती लाईफमा एनआईसियु

- Advertisement -spot_img

तुलसीपुर, १८ पुस । दाङको तुलसीपर उपमहानगरपालिका वडा नं. ५ स्थित राप्ती लाईफ केयर हस्पिटल प्रालिले एनआईसियु सेवालाई थप प्रभावकारी बनाएको छ ।
हस्पिटलका प्रवक्ता जीवन भण्डारीका अनुसार अहिले एनआईसियु सेवालाई पाँच बेडको बनाएको जानकारी दिए । ‘हामीले एनआईसियु सेवालाई पनि थप प्रभावकारी बनाएका छौं’ उनले भने ‘अहिले पाँच बेडको बनाएका छौं ।’
आम नागरिकको मागका आधारमा सेवालाई प्रभावकारी बनाउँदै लगेको उनको भनाइ छ । उनले आमनागरिकको मागबमोजिम सेवा थप गर्नुका साथै प्रभावकारी बनाउँदै लगेको बताए ।
अब बालबालिकाको प्रभावकारी सेवा राप्ती लाईभ केयरमै पाइने उनको भनाइ छ । उनका अनुसार अहिले बालबालिका सम्बन्धी बालरोग बिशेषज्ञ डा. बुद्धि गुरुङले हेरिरहेको समेत बताए ।
यस्तै अस्पतालमा गएको महिना मात्रै ४ वटा एपेन्डिसाइटिस्का बिरामीको सफल अप्रेसन गरिएको छ । उनका अनुसार पछिल्लो समय अस्पतालमा यो सेवा लिन आउने बिरामीको संख्या पनि बढेको छ । डा. सुनिल खनियासहितको टोलीले अहिले अस्पतालमा एपेन्डिसाइटिस्को अप्रेसन गरिरहेको समेत उनले बताए ।
साथै अस्पतालले गएको महिनामा ५१ जना हाड भाँच्चिएका बिरामीको उपचार गरेकोसमेत बताए । डा. सवल गैरेसहित चिकित्सकहरुले टोलीले अहिले उपचार गरिरहेको समेत प्रवक्ता भण्डारीको भनाई छ । पछिल्लो समय अस्पतालले जटिल प्रकृतिका बिरामीहरुको समेत उपचार गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here