Friday, March 29, 2024
Homeमुख्य खबरकक्षा १–३ को पठन सीप राम्रो

कक्षा १–३ को पठन सीप राम्रो

- Advertisement -spot_img

दाङ, ९ पुस । सामुदायिक विद्यालयका १–३ कक्षामा अध्ययनरत विद्यार्थीको पठन सीप राम्रो देखिएको छ । घोराही उपमहानगरपालिका र दंगीशरण गाउँपालिकामा रहेको सामुदायिक विद्यालयहरूमा पठन सीप राम्रो देखिएको हो ।
उनीहरूको पठन सीपमा उल्लेख्य परिवर्तन आएको र त्यसले सिकाइ उपलब्धसमेत बढाएको अनुगमनका क्रममा पाइएको छ । पठन सीपको परिवर्तनसँगै कक्षाकोठाको सिकाइसमेत प्रभावकारी भएको देखिएको छ ।
प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गत दुई दिनसम्म गरिएको अनुगमनमा यस्तो देखिएको हो । कार्यक्रम लागूभएका ती विद्यालयहरूमा ६ महिना पहिले र पछिको अवस्था हेर्दा धेरै नै सुधार आएको अनुगमनकर्ताहरूले बताएका छन् ।
अनुगमनको क्रममा सबैभन्दा बढी कक्षाकोठा र विद्यार्थीको पठन सीप गोरक्ष रत्ननाथ मावि चौघेराको देखिएको छ । चौघेराको सिकाइ अब्बल देखिएको हो । अन्य विद्यालयको पनि सुधारउन्मुख भएको पाइएको छ ।
कक्षाका सबै विद्यार्थीहरू पठन सीपमा निपुण भएको र उनीहरूको सिकाइ उपलब्धि पनि अत्यन्त राम्रो देखिएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दाङका प्रमुख रामलाल खड्काले बताए । उनले यो सिकाइलाई स्थायित्व दिन शिक्षकहरू बढी जिम्मेवार हुनुपर्ने बताए । अनुगमनपछि सरोकारवाला–बीच भएको छलफलमा कार्यक्रम प्रभावकारी भएको र अब स्थानीय सरकारले दीगोपन दिने गरी लैजानुपर्ने बताएका थिए ।
तहका प्रमुख, शिक्षा शाखा प्रमुख लगायतको सहभागितामा छलफल गरिएको हो । कार्यक्रममा घोराही उपहानगरपालिका उपप्रमुख सीता सिग्देल न्यौपाने, दंगीशरण गाउँपालिका अध्यक्ष भागिराम चौधरी, उपाध्यक्ष पिमा वलीले स्थानीयतहले शिक्षालाई महत्व दिइरहेको बताए ।
उनीहरूले शिक्षाको सुधारको लागि तहपूर्ण रूपमा लागेको भन्दै कार्यक्रमलाई स्थानीयतहले स्वामित्व लिन सक्नुपर्ने बताए । कार्यक्रममा शिक्षका अधिकृत देवमणि चौधरी, विनोद अधिकारीले शिक्षकहरूले शिक्षक निर्देशिका प्रयोग बढाउनुपर्ने बताए ।
शिक्षा इकाई प्रमुख रामलाल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा दंगीशरणका सामाजिक विकास शाखा सभापति टंक वली, घोराही उपमहानगरपालिकाका लेखा अधिकृत लोकमणि शर्मा,
बेसका दीपलाल चौधरीले कार्यक्रम विद्यालयमा प्रभावकारी देखिएको भन्दै स्थानीय सरकारले दीगो बनाउन सक्नुपर्ने बताए । कार्यक्रममो सहजीकरण इजिआरपीका जिल्ला संयोजक हल्लुप्रसाद चौधरी र स्वदेश महर्जनले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here