- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeखेलकुददोस्रो ईन्टरस्कुल फुटसल प्रतियोगिताको तयारी पूरा

दोस्रो ईन्टरस्कुल फुटसल प्रतियोगिताको तयारी पूरा

- Advertisement -spot_img

तुलसीपुर, ९ पुस । दाङको तुलसीपुरमा यही पुस १८ गतेदेखि सुरू हुन लागेको दोस्रो ईन्टरस्कुल फुटसल प्रतियोगिता–२०७६ को तयारी पूरा भएको छ ।
तुलसीपुर युथ क्लवको आयोजनामा तुलसीपुर–६ स्थित द लेगेण्ड फुटसल ग्राउन्डमा सञ्चालन गरिन लागेको प्रतियोगिताको आर्थिक, प्राविधिक तथा प्रचारप्रसारलगायतको तयारी कार्य पूरा भएको आयोजक क्लवका अध्यक्ष बरूण कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
स्थानीयस्तरमा फुटसल खेलको पहुँच अभिवृद्धि गर्ने र ब्यवसायिक फुटसल खेलको विकासमा थप टेवा पु¥याउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा तुलसीपुर नगरक्षेत्रका १२ टिमको सहभागिता रहने र कक्षा १२ मा अध्यनरत विद्यार्थीले विद्यालयको टिममा सहभागिता जनाउन सक्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको उपाधि जित्ने टिमले नगद ३० हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले नगद १५ हजार मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत विधा तथा प्रत्येक म्याचमा म्यान अफ द म्याच हुने खेलाडीलाई पुरस्कृत गरिनेछ । पुस १९ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू नकाउटका आधारमा खेलाइने आयोजकले बताएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here