- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरउपमहानगरपालिकाको विरूद्धमा अनसन

उपमहानगरपालिकाको विरूद्धमा अनसन

- Advertisement -spot_img

घोराही, ८ पुस । ‘म एक कला साधक हुँ । सरकार मलाई देश निकाला गर’ भन्दै घोराही उपमहानगरपालिकाको घोर उपेक्षाविरूद्ध नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा चलचित्र निर्देशककर्मी केएल पीडित अनसन बसे । दाङ बुद्ध सरयु चलचित्र महोत्सव गर्नको लागि घोराही उपमहानगरापलिकाले सहयोग नगरेर उपेक्षा गरेको भन्दै अनसनमा बसेको बताए ।
केन्द्रस्तरका राष्ट्रिय कलाकारहरूलाई लिएर दाङमा पर्यटन विकासको लागि महोत्सवको आयोजना गर्न लागिएकोले घोराही उपमहानगरपालिकाले उपेक्षा गरेको भनाइ छ । ‘हामीले महोत्सवको लागि तयारी गरीरहेका छाँै,
उपमहानगरपालिकाले सहयोग गरेन्, उपेक्षा ग¥यो’ उनले अनसनकै क्रममा भने ‘कलाकार गहना हुन् भन्ने महत्व बुझिएन्, ज्यादै दुःख लाग्यो ।’
उनले अन्य व्यक्तिहरूलाई लाखाँै रूपैयाँसम्म सहयोग गर्ने तर एउटा राष्ट्रियस्तरको महोसव गर्नको लागि कुनै सहयोग नगरेको प्रति घोर भत्र्सना गर्दै अनसन बस्नु परेको उनले बताए ।
घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीले कार्यपालिकाले निर्णय अनुसार नै सहयोग तथा सम्मान गरेको बताए । ‘घोराही उपमहानगरपालिकाको नियम र नीतिको सीमामा रहेर काम गर्नुपर्छ, उहाँलाई सम्मान गरेर नै कार्यपालिकाको निर्णय अनुसार सहयोग गरेका हौँ’ नगर प्रमुख चौधरीले भने ‘हाम्रो सहयोगले उहाँलाई नपुग्न सक्छ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here