- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरचेम्बर अफ कमर्शले महोत्सव गर्ने

चेम्बर अफ कमर्शले महोत्सव गर्ने

- Advertisement -spot_img

घोराही, ९ पुस । दाङ चेम्बर अफ कमर्शले नेपाल भ्रमण वर्षको २०२० पर्यटन प्रवद्र्धन ब्यापारीक तथा कृषि औद्योगिक महोत्सव–२०७६ आयोजना गर्ने भएको छ । आगामी माघ १० गतेदेखि २२ गतेसम्म कृषि, व्यापारीक तथा पर्यटन महोत्सव आयोजना गर्न लागिएको कमर्श दाङले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
नेपाल सरकारले सन् २०२० लाई पर्यटनलाई पर्यटन वर्षका रूपमा मनाउन लागिरहेको सन्दर्भमा व्यवसायिक क्षेत्रबाट पनि भरपुर सहयोग हुनुपर्छ भन्ने मान्यताले महोत्सवको आयोजना गर्न लागिएको कमर्शका उपाध्यक्ष घनश्याम अधिकारीले पत्रकार सम्मेलनम जानकारी गराएका थिए । भ्रमण वर्षलाई सफल बनाउनको उद्देश्यले महोत्सवको आयोजना गर्न लगिएको बताए ।
त्यसैगरी स्थानीय व्यापार प्रवद्र्धन एवं विकास गर्ने, स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पु¥याउने, दाङका धार्मिक, साँस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय स्थलहरूको प्रचारप्रसार र विकासमा सहयोग पु¥याउने उद्देश्यले महोत्सव गर्न लागिएको कमर्शका अध्यक्ष श्रीधर महराले जानकारी गराए ।
‘स्थानीय प्रतिभाहरूको खोजी तथा प्रोत्साहन गर्नको लागि महोत्सव लगाउँदैछौँ’ उनले भने ‘कृषि, घरेलु उद्यम, परम्परागत पेशा व्यवसायको प्रवद्र्धन गर्ने, स्थानीय तथा परम्परागत र मौलिक कला, संस्कृतिको जर्गेना गर्ने महोत्सवको उद्देश्य हो ।’
दाङ चेम्वर्स अफ कमर्शका अध्यक्ष श्रीधर महराको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो । पत्रकार सम्मेलनको सहजीकरण महासचिव सागर खनालले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here