- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरसरसफाई अभियान १७४औँ हप्तामा

सरसफाई अभियान १७४औँ हप्तामा

- Advertisement -spot_img

तुलसीपुर, ९ पुस । तुलसीपुरमा जारी क्लिन तुलसिपुर ग्रीन तुलसीपुर अभियान मंगलबार १ सय ७४ हप्ता पुगेको छ । तुलसीपुर उपमहानगरपालिकाको अगुवाइमा सञ्चालन भैरहेको सरसफाई अभियानमा तुलसीपुर उद्योग वाणिज्य संघलगायत यस क्षेत्रका दर्जनौँ सामाजिक संघसंस्था र सुरक्षाकर्मीहरूले प्रत्येक हप्ताको मंगलबार बिहान बजारमा सरसफाई गर्दै आएका छन् ।
मंगलबारको सरसफाईको नेतृत्व रोटरी क्लव अफ तुलसीपुर सिटीले गरेको थियोे । सरसफाई कार्यक्रममा बोल्ने बक्ताहरूले स्थानीय सरकारले सरसफाई ऐन बमोजिम फोहर गर्ने घरधनी र ब्यवसायी जोकोहिलाई पनि कानुन अनुसार दण्ड र सफा राख्ने टोल तथा घरधनीलाई पुरस्कारको ब्यवस्था तत्काल सुरू गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका विपद् व्यवस्थापन, वातावरण शाखाका संयोजक एव वडा नम्बर ६ का अध्यक्ष नवराज लामिछाने, रोटरी क्लव अफ तुलसीपुरका अध्यक्ष देवबहादुर केसी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावत, सरसफाई अभियान्ता बिमल रिजाल,
त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमाल, रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीलगायतले उद्घाटन र समापनका अवसरमा शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सूचना अधिकारी झरेन्द्र खरेलले खरेलले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here