- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरभ्रमण वर्षको उद्घाटनमा भेषभूषाका नाच

भ्रमण वर्षको उद्घाटनमा भेषभूषाका नाच

- Advertisement -spot_img

घोराही, ९ पुस । नेपाल भ्रमण वर्षको उद्घाटनमा विभिन्न भेषभूषाको नाच प्रदर्शन गरिने भएको छ । जिल्ला पर्यटन प्रवद्र्धन समिति दाङको मंगलबार बसेको सचिवालयको बैठकले थारू, मगर, अवधी, नेवार समुदायको नाच प्रदर्शन गर्ने निर्णय गरेको छ । भ्रमण वर्षको उद्घाटन पुस १६ गते घोराहीको बाह्रकुने मन्दिर परिसरबाट हुँदैछ ।
बैठकले मगर समुदायको मयुर, भुमे, पैसरू नाचको लागि सचिवालय सदस्य खलुप्रसाद पुनलाई जिम्मा दिएको छ । त्यसैगरी थारू समुदायको नाचको जिम्मा सचिवालय सदस्य भुवन चौधरीलाई जिम्मा दिएको छ ।
अवधी संस्कृति झल्कने नाचको जिम्मा गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवलाई जिम्मा दिने बैठकले निर्णय गरेको छ । बैठकले लाखे नृत्यका लागि नेवार समाज दाङका अध्यक्ष ध्रुवराज श्रेष्ठलाई जिम्मा दिने निर्णय भएको छ ।
त्यसैगरेर भजन मण्डली धारपानीको लागि विष्णुराम आचार्यलाई जिम्मा दिने बैठकले निर्णय गरेको छ । बैठकले सोरठी नाचको लागि घोराही उपमहानगरपालिका–१३ का वडा अध्यक्ष रविलाल घर्तीलाई जिम्मा दिने निर्णय गरेको छ ।
त्यसैगरेर बैठकले जिल्लाका सबै संघसंस्थालाई सहभागिताको लागि अनुरोध गरेको छ । त्यसैगरेर बैठकले जिल्लाका सबै पालिकालाई आ–आफ्नो संस्कृति झल्किने झाँकीसहित सहभागिताको लागि अनुरोध गर्ने निर्णय गरेको छ ।
घोराही उपमहानगरभित्रका सम्पूर्ण टोल विकास संस्थालाई सहभागिता गराउन उपमहानगरपालिकामा अनुरोध गर्ने निर्णय गरेको छ । त्यसैगरेर बैठकले उद्घाटन कार्यक्रमको लागि प्रमुख अतिथिको लागि प्रदेश नम्बर ५ का सभामुख पूर्णबहादुर घर्तीलाई बोलाउने निर्णय गरेको छ ।
बैठक समितिका संयोजक जितेन्द्रमान नेपालीको अध्यक्षता एवं प्रदेश नम्बर ५ का प्रदेश सांसद अमरबहादुर डाँगीको प्रमुख आतिथ्यतामा भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here