- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरगौतमको सहयोगमा दलीको आँखा उपचार

गौतमको सहयोगमा दलीको आँखा उपचार

- Advertisement -spot_img

तुलसीपुर, ८ पुस । हेल्पिङ हेन्ड्स दाङका अध्यक्ष शालिकराम गौतमले जन्मदिनको अवसरमा एक विपन्न जेष्ठ नागरिकको मोतियाविन्दुको उपचार गरिदिएका छन् । गौतमको आर्थिक सहयोगमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरीकी ८० वर्षिय दली सुनार्नीको आँखाको उपचार भएको हो ।
विभिन्न समयमा सामाजिक काम गर्दै आएका गौतमले मंगलबार उपचार अभावमा रहेकी दलीको मोतियाविन्दुको उपचारमा आर्थिक सहयोग गरेको बताएका छन् ।
उनको सहयोगमा राप्ती आँखा अस्पताल रक्षाचौरमा मोतियाविन्दुको सफल उपचार भएको छ । आर्थिक अभावका कारण लामो समयदेखि आँखाको उपचार पाउन नसकेकोमा गौतमको सहयोगबाट उपचार पाउँदा आफू खुशी भएको दलीले बताइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here