- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरनारायणपुरमा चुनावबाट विव्यस

नारायणपुरमा चुनावबाट विव्यस

- Advertisement -spot_img

नारायणपुर, ९ पुस । माध्यमिक विद्यालय नारायणपुर विद्यालय व्यवस्थापन समितिको सदस्यमा चारजना निर्वाचित भएका छन् । मंगलबार भएको मतदानमा काँग्रेसका ३ र नेकपाका १ जना सदस्य निर्वाचित भएका हुन् ।
व्यवस्थापन समितिको सदस्यमा नेपाली काँग्रेसका, रामनारायण चौधरी, कान्तप्रसाद चौधरी, महिला सदस्यमा काँग्रेसकै विनिता गुरूङ थापा क्षेत्री र नेकपाका रमा डाँगी निर्वाचित भएका हुन् ।
कुल एक हजार ३२ मतदाता रहेकोमा ६ सय ३ मत गरेको थियो । मतदानमा रामनारायण चौधरीले १ सय ८७, कान्तप्रसाद चौधरीले १ सय ८१, महिला सदस्यमा निर्वाचित विनिता गुरूङ थापा क्षेत्रीले १ सय ७१ र नेकपाका रमा डाँगीले १ सय ८१ मत प्राप्त गरेकी थिइन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष निर्वाचित सदस्यबाट छनौट गरिने छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here