- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसम्पादकीयपठन सीपमा विकास

पठन सीपमा विकास

- Advertisement -spot_img

दाङमा ४२१ सामुदायिक विद्यालयहरूमा अहिले पठन सीपको विकासका लागि सरकारले प्रारम्भीक कक्षा कार्यक्रम सञ्चालन भइरहेको छ ।
नेपाल सरकारले सार्वजनिक शिक्षा सुधार लागि गरिएको यो कार्यक्रमले बालबालिकाको पठन सीप विकासमा प्रभावकारिता देखिएको छ ।
विद्यालयहरूमा हेर्दा धेरै विद्यार्थीहरूले सहज रूपमा शैक्षिक सामग्री पाउँदा पठन सीपमा सहजता र प्रभावकारिता आएको देखाउँछ ।
यसलाई अब दीगो र संस्थागत विकासका लागि सोच्नुपर्ने आवश्यकता देखिन्छ । सामान्य अक्षर पढ्न नसक्ने विद्यार्थी अहिले स्पष्टरूपमा बोल्न र पढ्न सक्के देखिदा कार्यक्रमको प्रभाव लक्षित वर्गसम्म पुगेको देखिनु उपलब्धि नै हो ।
त्यसमा पनि मातृभाषा मुख्य रूपमा जोडिएको छ । नेपाल बहुभाषिक देश हो । यहाँ अस्तित्वमा आएका १ सय २३ प्रकारका मातृभाषाहरू नेपालमा प्रचलित छन् । नेपाली राष्ट्र भाषा भए पनि विभिन्न जातजाती भाषाभाषीका आफ्नै मातृभाषाहरू रहेका छन् । तर मातृभाषालाई बचाई राख्न र पुस्तान्तरण गर्न भने ठूलै समस्या देखिदै आएको छ ।
विद्यालय शिक्षामा औपचारिक भाषा राष्ट्र भाषा छ । दोस्रो भाषाको रूपमा नेलाली भाषा हुने बालबालिकाहरूले पनि अहिले नेपाली भाषा राम्रोसँग उच्चारण गर्न सक्ने देखिनुले बालबालिकाको क्षमतामा पनि विकास भएको प्रष्ट देख्न सकिन्छ ।
भाषा राम्रो नभए धेरै बालबालिकाहरूमा सिकाइ उपलब्धिसमेत कमजोर देखिएको तथ्यले देखाउँदै आएका छन् । जनजाति समुदायका बालबालिकाकाहरूको सिकाइ उपलब्धि भाषाकै कारण समस्यामा परेको पक्कै हो । कक्षाकोठामा शिक्षकले दिने सिकाइ शैलीले उसलाई परिवर्तन गर्नसक्छ अहिले देखिएको त्यही परिवर्तन हो ।
बालबालिकाहरूको सिकाइ बढाउन विभिन्न निकायले मातृभाषालाई महत्व दिइरहको छन् । भने त्यस्ता केही प्रयास पनि भएका छन् । पश्चिम दाङका केही जिल्लासहित दाङ थारू बहुल क्षेत्र हो ।
यहाँ थारू समुदायलाई केन्द्रित गरेर गतिविधिहरू सञ्चालन हुने गर्दछन् । अन्य जातिभन्दा थारू केन्द्रित नै क्रियाकलाप भइरहेका छन् ।
बालबालिकाको पहिलो पाठशाला घर र परिवार हो । परिवारमा उनीहरूको राम्रो निगरानी हेरचाह र पढाइमैत्री वातावरण भयो भने उसको सिकाइ पनि बढ्ने तथ्य आइरहेको छ ।
अभिभावक र परिवारले बेवास्ता गरेमा सिकाइमा समस्या पर्नु स्वभाविक मान्न सकिन्छ । त्यसलाई व्यवस्थापन गर्न विद्यालयले मात्रै सक्दैन ।
अभिभावक र विद्यालयको सहकार्य भएमा बालबालिका क्षमतावान बन्न सक्छन् । नेपाली भाषालाई स्पष्टरूपमा प्रयोगमा ल्याउनसकेमा बालबालिकाको सिकाइ महत्वपूर्ण हुन्छ ।
५ कक्षासम्म मातृभाषामै अध्ययन गर्नसकेमा सिकाइमा पक्कै पनि प्रभाव पार्छ । त्यसतर्फ शिक्षा सरोकारवाला र स्थानीय सरकारले पनि चासो देखाउन सकेमा मातृभाषाको संरक्षण पनि हुने र बालबालिकाहरूमा सिकाइ र बुझाईमा पनि प्रभाव पर्ने देखिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here