- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरधरौटी तिर्न अस्विकार

धरौटी तिर्न अस्विकार

- Advertisement -spot_img

कारागार गए विप्लव नेताहरू …
दाङ, ८ पुस । दाङमा पक्राउ परेका विप्लव नेतृत्वको नेकपाका २१ जना नेता कार्यकर्ता पूर्पक्षका लागि कारागार चलान भएका छन् । अदालतले तोकेको धरौटी रकम तिरेर छुट्न इन्कार गर्दै कारागार गएका हुन् ।
दाङको राजपुरबाट पक्राउ परेका उनीहरूलाई सोमबार भएको थुनछेक बहस पछि धरौटीमा रिहा गर्न जिल्ला अदालतले आदेश दिएको थियो । तरपनि उनीहरू धरौटीमा छुट्न इन्कार गरेर कारागार गएका हुन् ।
दाङ देउखुरी जिल्ला अदालतले जिल्लाको राजपुरबाट पक्राउ परेका विप्लव नेकपाका २१ जना केन्द्रीय सदस्यहरूलाई जनही १५÷१५ हजार रूपैयाँ धरौटीमा रिहा गर्न सोमबार आदेश दिएको थियो ।
जिल्ला न्यायाधीश रितेन्द्र थापाको एकल इजलाशले उनीहरूलाई मुलुकी कार्यविधि संहिता २०७४ को दफा ६८ र ७२ अनुसार राज्यविरूद्धको अपराधअन्तरगतको मुद्दामा १५/१५ हजार धरौटीमा रिहा गर्न प्रारम्भिक आदेश दिएको अदालतमा श्रेष्तेदार बसन्त जोशीले जानकारी दिए ।
आदेश अनुसार जनही १५/१५ हजार धरौटी बुझाउन नसकेमा ६८ को उपदफा २ अनुसार पूर्पक्षका लागि कारागार चलान गराउन अदालतले आदेश दिएको छ । अदालतको धरौटी मागको आदेशलाई विप्लव नेता कार्यकर्ताहरूले बुझाउन नसक्ने भन्दै कारागार चलान भएका हुन् ।
उनीहरूले अदालतमा बुझाउन नसक्ने व्यहोराका कागजसमेत गरिदिएका छन् । धरौटी नबुझाएमा फैसला नहुँदासम्ममा उनीहरू कारागारमै बस्नुपर्ने छ । उनीहरूलाई जिल्ला कारागार घोराहीमा राख्न आदेश दिइएको श्रेष्तेदार जोशीले बताए ।
यो आदेशलाई उनीहरूले इन्कार गर्दै धरौटी रकम र आवश्यक कागजात बुझाउन नसक्ने अदालतमा कागज गरेर कारागार बस्ने निर्णय गरेको जोशीले बताए । सबैजनाले एकल कागज गरेर धरौटी बुझाउन नसक्ने अदालतलाई जानकारी गराएका छन् ।
धरौटी बुझाएर छुटेमा पुनः पक्राउ पर्ने भएका कारण कारागारमा बस्ने निर्णय भएको हुन सक्ने आँकलन भएको छ । पक्राउ परेकाहरूलाई एनसिएल टावर आगजनी र सरकारी सवारी साधन आगजनीको मुद्दा पनि दर्ता भएको भए पनि यि दुई मुद्दामा पर्याप्त प्रमाण नभएको हुँदा सामान्य तारिकमा छोड्न जिल्ला अदालतले आदेश दिएको छ ।
उनीहरूलाई नेपाल–भारत सीमा नाकाअन्तर्गत पर्ने दाङको राजपुर गाउँपालिका वडा नं ४ को मुग्रेटाखोला जंगलको बीचमा रहेको एकघरमा पार्टीको आन्तरिक तयारी बैठक चलिरहेको बेला दाङ प्रहरीले बैठकस्थल नियन्त्रणमा लिई पक्राउ गरेको थियो । पक्राउ परेकासँग विस्फोटक पदार्थ र छवटा पेस्तोलसहित राजनीतिक महत्वपूर्ण दस्ताबेज बरामद गरेको थियो ।
कारागार चलान भएका नेकपाका नेताहरूमा रोल्पा जिल्ला इञ्चार्ज ३८ वर्षीय सन्तोष सुवेदी, राप्ती व्यूरो सदस्य ६५ वर्षीय रामबहादुर थापा, दाङ जिल्ला इन्चार्ज ४६ वर्षीय यमलाल कटुवाल, दाङ जिल्ला सेक्रेटरी ३९ वर्षीय प्रदीपबहादुर वली, सल्यान जिल्ला इन्चार्ज ५२ वर्षीय डिल्लीराज शर्मा, पश्चिम रूकुम सेक्रेटरी २८ वर्षीय चन्द्रबहादुर बुढा,
विशेष जिल्ला सेक्रेटरी ३३ वर्षीय पुस्तमान घर्ती, विशेष जिल्ला इन्चार्ज ५८ वर्षीय दलबहादुर खत्री, राप्ती व्यूरो कार्यालय सचिव ३९ वर्षीय सविन पोख्रेल, थवाङ स्वायत्त क्षेत्र सेक्रेटरी ३५ वर्षीय अमित घर्तीमगर, थवाङ स्वायत्त क्षेत्र इन्चार्ज ४३ वर्षीय हितप्रसाद रोका,
अखिल नेपाल किसान संघ दाङका अध्यक्ष ४३ वर्षीय एकराज चौधरी, दलित मुक्तिमोर्चा दाङका अध्यक्ष ३३ वर्षीय सुरज परियार, युवा संगठनका केन्द्रीय सदस्य ३९ वर्षीय तिलक पुन, राजपुर गापा इन्चार्ज ३७ वर्षीय धनबहादुर बोहरा, पार्टी सदस्यहरू ३१ वर्षीय विष्णुबहादुर रावत, ३४ वर्षीय कुलबहादुर वली र ४९ वर्षीय इन्द्रबहादुर वली रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here