- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरशुल्क लिने सामुदायिक विद्यालयलाई कारबाही

शुल्क लिने सामुदायिक विद्यालयलाई कारबाही

- Advertisement -spot_img

तुलसीपुर, ८ पुस । तुलसीपुर उपमहानगरपालिकाले शैक्षिक शुल्क लिने सामुदायिक विद्यालयलाई कारबाही गर्ने भएको छ । निःशुल्क पढ्न पाउने विद्यार्थीको अधिकार भएको भन्दै शिक्षा समितिले शुल्क लिने सामुदायिक विद्यालयलाई कारवाही गर्ने भएको हो । आगामी शैक्षिक सत्रबाट यस्तो कारवाहीको सुरूवात हुने भएको छ ।
‘विद्यालयको कुनै पनि आर्थिक व्यवस्थापनको जिम्मा उपमहानगरपालिकाले लिन्छ तर सामुदायिक विद्यालयले विभिन्न बहाना बनाएर शुल्क लिन मिल्दैन’ बैठकमा नगरप्रमुख घनश्याम पाण्डेले भने । उनले सरकारले निःशुल्क शिक्षाको घोषणा गरिसकेको अवस्थामा विद्यालयले मनोमानी ढंगले शुल्क लिनु दुर्भाग्यपूर्ण भएको बताए ।
यसैगरी उपमहानगरपालिकाले समग्र शिक्षाको अवस्थालाई समेटेर नगरस्तरीय शैक्षिक गुरूयोजना बनाउने भएको छ । शिक्षा क्षेत्रको समग्र विकासका लागि एकीकृत कार्ययोजना बनाउने गरी यस्तो गुरूयोजना बनाउन लागिएको हो ।
शिक्षा समितिको बैठकले यस्तो गुरूयोजनाका लागि टिच फर नेपालको समन्वयमा शिक्षा महाशाखा र नगर शिक्षा समितिलाई जिम्मेवारी दिइएको छ । समितिले तीन महिनाभित्र यस्तो गुरूयोजना बनाउने छ ।
यसैगरी नगरबाट सामुदायिक विद्यालयलाई वितरण गरिने विभिन्न अनुदानलाई व्यवस्थित गर्नका लागि शिक्षा शाखा प्रमुख भाष्करराज गौतमलाई जिम्मेवारीसमेत दिइएको छ ।
बैठकले निजी विद्यालयले दिने गरेको छात्रवृत्तिलाई पारदर्शी बनाउनका लागि प्रत्येक विद्यालयलाई छात्रवृत्ति पाउने विद्यार्थीको सूचि पठाउन निर्देशन दिनेसमेत निर्णय गरेको छ ।
यसैगरी आगामी शैक्षिक सत्रमा उपमहानगरपालिकाले नै निजी विद्यालयमा छात्रवृत्ति पाउने विद्यार्थीहरूको छनोट गर्ने निर्णयसमेत गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा बसेको बैठकले निजी विद्यालयले लिने शुल्कको जानकारी शैक्षिक सत्र सुरू हुनुभन्दा दुई महिना अगाडि नै उपमहानगरपालिकामा पठाउनुपर्ने निर्णय गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here