- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरविएस्सीमा ज्ञानदीप उत्कृष्ट

विएस्सीमा ज्ञानदीप उत्कृष्ट

- Advertisement -spot_img

तुलसीपुर, ८ पुस । तुलसीपुरमा रहेको ज्ञानदीप कलेजले विज्ञान संकाय स्नातक तह तेस्रो वर्षको नतिजामा प्रदेश नम्वर ५ मै उत्कृष्ट नतिजा ल्याएको दाबी गरेको छ ।
त्रिभुवन विश्वविद्यालयले सोमबार सार्वजनिक गरेको नतिजामा कलेजका तीनजना विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएको कलेजका सहायक प्रमुख मनोजकुमार केसीले जानकारी दिए । उनका अनुसार कलेजका इन्द्रमणि देवकोटाले ७९.४ प्रतिशत अंक ल्याएर प्रदेशमा उत्कृष्ट अंक ल्याएका हुन् ।
त्यस्तै कलेजका शिवकुमार बोहराले ७८.२ प्रतिशत र सुष्मिता चौधरीले ७७.२ प्रतिशत अंक ल्याएका छन् । कलेज प्रमुख सुरेन्द्र जिसीले उत्कृष्ट अंक ल्याउने सबै विद्यार्थीहरूलाई बधाई दिएका छन् ।
स्थापनाकालदेखि नै कलेजले उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । पश्चिम दाङमा विज्ञान विषयमा स्नातक तह सञ्चालन गर्ने एकमात्र क्याम्पसका रूपमा ज्ञानदीप रहेको कलेज छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here