- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरसडक मानवमुक्त गरिदै

सडक मानवमुक्त गरिदै

- Advertisement -spot_img

घोराही, ८ पुस । दाङका मानसिक सन्तुलन गुमाएका, अलपत्र बनेका र बेसहारा भई सडकमा आएकाहरूको उद्धार थालिएको छ । निलसागर मानव सेवा आश्रम संस्थाले दाङका सडक तथा बजार क्षेत्रमा रहेका त्यस्ता व्यक्तिहरूको उद्धार गरेर आश्रममा राख्न थालेको छ ।
केन्द्रीय कार्यालय नेपालगञ्ज रहेको संस्थाले देउखुरीको सिसहनिया स्थित पिपरी चोकमा आश्रम स्थापना गरेको छ । देउखुरी क्षेत्रबाट नौजना व्यक्तिको उद्धार गरेको संस्थाले सोमबार घोराही बजार क्षेत्रमा रहेका छजना त्यस्ता व्यक्तिहरूको उद्धार गरेको छ ।
मानसिक सन्तुलन गुमाएका, घरबाट तिरस्कृत भएका, बेसहारा भएर सडकमा आएका व्यक्तिहरूको उद्धार गरेर आश्रय दिनुका साथै उपचारको समेत व्यवस्था रहेको संस्थाका अध्यक्ष सरीता खनालले जानकारी दिइन् । त्यस्ता व्यक्तिहरूलाई उद्धार र आश्रमसम्म पु¥याउन घोराही उपमहानगरले समन्वय गरेको छ ।
प्रदेससभा सदस्य इन्द्रजित थारू, घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने, वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी, १५ का अध्यक्ष रमेशकुमार पाण्डेसहित नगर प्रहरी र अन्य विभिन्न क्षेत्रका व्यक्तिहरू उद्धारमा खटिएका थिए ।
आश्रममा उपचार, मनोविमर्श, खाना, आवास, सरसफाई, योगाजस्ता कार्यहरू हुँदै आएको र अहिलेसम्म संस्थाले तीन सयजनालाई स्वस्थ बनाएर घरमा पूनर्मिलन गराईएको अध्यक्ष खनालले जानकारी दिए ।
संस्थाले दाङसहित कोहलपुर, नेपालगञ्ज, बार्दिया, सुर्खेत, पाल्पामा शाखा स्थापना गरेको जनाएको छ । सुरूमा सामाजिक सहयोगबाट अभियान थालेको संस्थालाई अहिले सरकारले रकमसमेत उपलब्ध गराएको छ ।
बाँकेमा भवन बनाउनका लागि प्रदेश सरकारले ५ करोड बजेट विनियोजन गरेको छ भने थप व्यवस्थापनका लागि समेत बजेटको व्यवस्था गरेको सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here