- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरइजिआरपीको विद्यालयको अनुगमन

इजिआरपीको विद्यालयको अनुगमन

- Advertisement -spot_img

घोराही, ८ पुस । प्रारम्भिक कक्षा पढाइ कार्यक्रम लागूभएका घोराही उपमहानगरपालिका अन्तर्गतका केही विद्यालयको सोमबार संयुक्त अनुगमन गरिएको छ । शिक्षा सरोकारवालाहरूको टोलीले संयुक्त अनुगमन गरेको हो । एसएमसी ग्राण्ड अनुदान पाएको र नपाएको गरी दुई विद्यालयको अनुगमन गरिएको हो ।
घोराही उपमहानगरपालिका–२ मा रहेको सरयु रात्री प्राथमिक विद्यालय र गोरक्ष रत्ननाथ मावि चौघराको अनुगमन गरिएको हो ।
शिक्षा विकास तथा समन्वय इकाई, उपमहानागरपालिका जनप्रतिनिधि, शिक्षा शाखा, इजिआरपीको टिमले संयुक्त अनुगमन गरेको हो । अनुगमनका क्रममा भेटिएका विद्यालयका कमिकमजोरीलाई सुधार गरेर लैजान सुझाव दिइएको थियो ।
अनुगमनको क्रममा भएको छलफल तथा अन्तरक्रियामा शिक्षालाई घोराहीले महत्व दिएको भन्दै इमान्दारिताका साथ शिक्षकहरूले विद्यालयमा ध्यान दिनुपर्ने नगर प्रमुख नरूलाल चौधरीले बताए । उनले गुणस्तरीय शिक्षा दिन कन्जुस्याँई नगर्नसमेत आग्रह गरे ।
शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रामलाल खड्काले विद्यार्थीको सिकाइले नै महत्व राख्ने हुँदा सिकाइलाई केन्द्रित गर्नुपर्ने बताए । अनुगमनमा उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपाने, सामाजिक विकास शाखा सभापति भरत अर्याल, शिक्षा शाखा अधिकृत नारायण पौडेल लगायतको सहभागिता रहेको थियो ।
शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत देवमणि चौधरी, इजीआरपीमा कार्यक्रम संयोजक हल्लुप्रसाद चौधरी, कार्यक्रम अधिकृत पुरूषोत्तम गिरी, स्वदेश महर्जन, इन्दिरा बस्नेत पाट्र्नर एनजियोका प्रतिनिधि दिपलाल चौधरीलगायतले विद्यालयमा पठन सीपको विकास आवश्यक भएको बताएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here