- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरशिक्षकलाई सिप सिकाउँदै उपमहानगर

शिक्षकलाई सिप सिकाउँदै उपमहानगर

- Advertisement -spot_img

घोराही, ८ पुस । घोराही उपमहानगरपालिकाले शिक्षण सिकाइलाई प्रभावकारी बनाउन शिक्षकहरूलाई शैक्षिक सामग्री बनाउने विषयमा तालिमको आयोजना गरेको छ । अंग्रेजी, विज्ञान र गणित विषयका शिक्षकहरूलाई घोराहीको पद्मोदय पब्लिक नमूना माविमा भेला गराई नगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाले तालिमको आयोजना गरेको हो ।
पाँच दिनसम्म चल्ने तालिमको आइतबार नगर प्रमुख नरूलाल चौधरीले शुभारम्भ गरेका हुन् । तीनवटा मुख्य विषयका २०÷२० जनाका दरले ६० जना आधारभूत तहका शिक्षकहरूलाई तालिम दिन थालिएको हो ।
शिक्षण सिकाइमा शैक्षिक सामग्रीहरू महत्वपूर्ण पक्ष भएको भन्दै शिक्षा महाशाखाले शिक्षकहरूलाई उक्त विषयमा ज्ञान दिन तालिमको आयोजना गरेको जनाएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख नरूलाल चौधरीले शिक्षकहरूलाई शैक्षिक सामग्रीको प्रयोगले पठनपाठन गर्न निर्देशन दिए ।
पाठ्यपुस्तकसँगै शैक्षिक सामग्रीहरू महत्वपूर्ण सहायक सामग्रीहरू भएको उल्लेख गर्दै अनिवार्य प्रयोगमा ल्याउन निर्देशन दिएका हुन् । अभ्यास र सामग्रीसहितको शिक्षण सिकाइले विद्यार्थीमा सिकाइ अनुभव बढ्ने र मष्तिस्कमा बस्ने उल्लेख गरे ।
शिक्षा महाशाखाका शाखा अधिकृत नारायण पौडेलको अध्यक्षतामा भएको उद्घाटन सत्रमा सामाजिक विकास समिति संयोजक भरतमणि अर्यालले बालशिक्षाबाटै शिक्षण सिकाइलाई प्रभावकारी बनाउनुपर्ने बताए । कार्यक्रमको सहजीकरण शाखाका कर्मचारी विपना बर्तौलाले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here